2026-10-15 01:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीलाई सेल्फी जोन बनाउछौं– मुख्यमन्त्री शाही

साउन ९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशलाई सेल्फी जोन बनाउने उद्घोष गर्नु भएको छ । नेपाल पर्यटन पत्रकार मञ्च कर्णाली प्रदेशले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहीले यस्तो कुरा बताउनु भएको हो ।

कर्णाली प्रदेशमा प्राकृतिक, सास्कृतिक र धार्मिक सम्पदाहरुको खानी भनेर भजन किर्तन गर्ने मात्र भन्दा पनि अब यी सम्भावित क्षेत्रको सम्वर्धन तथा प्रवर्धन गर्ने बेला आएको मुख्य मन्त्री शाहीले बताउनु भएको छ । यसको उदाहरणस्वरुप कर्णाली सरकारले पहिलो अभियान स्वरुप २०७५ लाई कर्णाली पर्यटन बर्ष घोषणा गरेको    बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहीले स्वीजरल्याण्डमा सडक विजुलीको सेल्फी खिच्न पर्यटक ओहिरिए झै अब नेपालको कर्णाली प्रदेशमा भेडा, च्यांग्रा, याक, घोडा, हिमाल, झरना, बन जंगल संग सेल्फी खिच्न पर्यटकहरु ओहिरिने बातावरण बनाईने बताउनु भएको छ । यसका लागि पर्यटन सम्भावना क्षेत्र अध्ययन गरी त्यसै अनुरुपको कार्यक्रम अगाडी बढाउन प्रदेश सरकार लागिपरेको बताउनु भयो ।

नेपाल पर्यटन मञ्च कर्णाली प्रदेशका अध्यक्ष अशोक सिंहको अध्यक्षता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आथित्यता, कर्णाली प्रदेश उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री नन्दसिंह बुढाको विशेष आथित्यतामा आयोजित कार्यक्रममा कर्णाली प्रदेशमा पर्यटन विकासका सम्भाब्य क्षेत्र यसको अवस्था र पर्यटन प्रवर्धनका लागि थालिनु पर्ने अभियानबारे सम्भाब्यता अध्ययन पत्र समेत प्रस्तुत गरिएको छ ।

सम्भाब्यता अध्ययन पत्र प्रस्तुत गर्दै कार्यक्रममा हरिहर न्यौपानेले कर्णालीमा विभिन्न साहसिक खेल, घोडा सवारी, जल यात्रा, प्यारागलाडिङ, धार्मिक तथा सास्कृतिक पर्यटन तथा पदमार्गको सम्भावना रहेको बताउनु भएको छ । कर्णालीमा अहिले सम्म ९२ वटा पर्यटकिय क्षेत्र पहिचान भएको भन्दै अब नयाँ क्षेत्रहरुको खोजी गर्नुपर्ने न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि पर्यटन मन्त्री बुढाले कर्णाली पर्यटन विकासका लागि कर्णाली प्रदेश सरकारले बृत्तचित्र निर्माण गर्न तयारी अवस्थामा रहेको बताउनु भएको छ ।

यस्तै नेपाल पर्यटन पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष धनिराम शर्माले पर्यटन गन्तब्यको खोज अध्ययनमा नेपाल विश्वको टप वान मा पर्न सफल भएको र यसमा पनि प्रमुख गन्तब्य कर्णालीको कर्णाली क्षेत्र रहेकाले यस गन्तब्यलाई सहि र सार्थक तुल्याउन सम्बन्धीत सरोकारवालाहरुले मुख्य भुमिका खेल्न पर्ने र यसको प्रवर्धनका लागि   नेपाल पर्यटन पत्रकार मञ्चले सदैव र्पैरवी गर्न प्रतिवद्ध रहेको बताउनु भएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित