जाडोले कठ्यांग्रिएर सप्तरीमा एक जनाको मृत्यु

साझासवाल
1 Min Read

<p><b>पुस २२, काठमाडौँ | </b>सप्तरीमा जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी-४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले बताए ।<br></p><p>चार दिनअघि भारतको पन्जाबबाट आएका सदा बिहीबार राति खाना खाएर सुतेको र शुक्रबार बिहान ओछ्यानमै मृत फेला परेको स्थानीयले बताए ।</p><p>विपन्न मुसहर समुदायका उनको घरमा न्यानो कपडाको अभाव रहेको र यसकै कारण उनको ज्यान गएको हुनसक्ने स्थानीयले बताए । सप्तरीमा गत पुस ८ गते पनि जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको थियो ।</p>

Share This Article
Leave a Comment

Leave a Reply