2026-06-25 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेको टिम पन्जावद्वारा पराजित, केएल राहुलले राखे आईपीएलमा नयाँ रेकर्ड !

चैत २५, काठमाडौँ | आईपीएल ११ को दोश्रो खेलमा किंग्स इलाभेन्स पंजावले दिल्ली डेयरडेवल्सलाई ६ विकेटले पराजित गरेको छ । खेलमा दिल्लीले दिएको १६७ रनको लक्ष्य १८.५ ओभरको खेलमा पुरा गर्दै पन्जाबले दिल्लीलाई पराजित गरेको हो ।

दिल्लीले दिएको लक्ष्यलाई समेट्ने क्रममा पंजावले सुरुवाती खेल निकै उत्साहपूर्ण खेल्यो । सुरुमा खेलेका केएल राहुलले १४ बलमै अर्ध सतक हानेर आइपीएल इतिहाँसमा रेकर्ड राखे । उनैको उत्कृष्ण योगफलमा हौसिएर खेलेको पंजावले ७ बल छँदै खेल आफ्नो पक्षमा पार्न सफल बन्यो । पन्जाबको लागि करुण नायरले ५० रन बनाएका थिए ।  


यस अघि पन्जाबलाई लक्ष्य दिने क्रममा दिल्लीका लागि क्याप्टेन गौतम गम्भीरले सर्वाधिक ५५ रन बनाएका थिए । तर यो स्कोर अन्य खेलाडीहरुले २८ रन भन्दा बढी बनाउन सकेनन्  । 

आजको यो खेललाई नेपाली क्रिकेट प्रेमीले निकै महत्वका साथ लिएका थिए । किनकी नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने दिल्ली डेयर डेभिल्समा आवद्ध छन् । सन्दिप आजको खेलमा प्लेइङ ११ मा भने परेनन् ।

१७ वर्षकै उमेरमा क्रिकेटमा जमिसकेका सन्दिपलाई दिल्लीले निकै महत्व दिएपनि आजको खेलमा खेलाएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ