2026-07-25 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपिएल टी–ट्वन्टी क्रिकेट: भैरहवा फाइलनमा

पुस १३, काठमाडौँ (रासस) | एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्वालिफायर्सको दोस्रो खेलमा भैरहवाले ललितपुरलाई ३ विकेट हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले भैरहवालाई १३३ रनको लक्ष्य दिएको थियो । जवाफमा भैरहवाले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । 

भैरहवाको जीतमा प्रथम सालुङ्गेले सर्वाधिक ३२ रनको योगदान दिए भने रोहितकुमार पौडेलले २८, भूपेन्द्र थापाले १९ तथा पुनित मेहराले १४ रन जोडे । त्यसैगरी राहुल यादव र कप्तान शरद भेषवाकारले ९–९ रन जोडे भने आरिफ शेखले ६ तथा प्रदीप ऐरीले ५ रन जोडे । 

ललितपुरका पवन सर्राफ र ललितनारायण राजवंशीले २–२ विकेट लिए भने सन्दीप लामिछाने र रसिद खानले १–१ विकेट झारे । यता ललितपुरले २० पूरा खेल्दै ६ विकेटको क्षतिमा १३२ रन जोडेको थियो । ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रनको योगदान दिए भने सन्नी पटेल २४, दीपेश भण्डारी २२, कप्तान ज्ञानेन्द्र मल्ल २०, शंकर राना १२ तथा सोनु तामाङले १० रन जोडे । 

भैरहवाका पुनितले २ विकेट लिए भने हरिशंखर शाह, आरिफ शेख र भुवन कार्कीले १–१ विकेट हात पारे । शनिबार हुने फाइनल खेलमा विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक