2026-09-12 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका स्थानीय तहबाटै मतदाता नामवली संकलन

मंसिर १७, तनहुँ, न्युज कारखाना | तनहुँमा शक्रबार आजदेखि स्थानीय तहबाटै मतदाता नामवली संकलन हुँदैछ ।  जिल्ला निर्वाचन कार्यालयले झण्डै तीन हप्तासम्म स्थानीय तहबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाएको हो । 

नागरिकको सहजताका लागि स्थानीय तहबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताए । ‘निर्वाचन कार्यालय र जिल्ला प्रशासनबाट निरन्तर मतदाता नामावली संकलन भइरहेको छ । यहाँसम्म आउन नसक्नेलाई स्थानीय तहबाट सेवा दिँदैछौँ’, उनले भने ।

जिल्लाका नौ स्थानीय तहमा दुई चरणमा मतदाता नामावली संकलन गरिने ढकालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा शुक्रबारदेखि जिल्लाका भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, देवघाट, बन्दीपुर र म्याग्दे गाउँपालिकामा अभियान चल्नेछ । यी पालिकामा २६ मंसिरसम्म मतदाता नामावली संकलन हुनेछ ।

दोस्रो चरण अन्तर्गत २९ मंसिरदेखि  ९ पुससम्म शुक्लागण्डकी र भानु नगरपालिका, ऋषिङ र आँबुखैरेनी गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ । व्यास नगरपालिकाको केन्द्र सदरमुकाम दमौली बजारमा रहेकाले मतदाता नामावली संकलन गर्न कार्यालयबाट टोली खटिने छैन् । व्यास वासीले जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाटै सेवा लिनेछन् ।

मतदाता नामावली संकलन गर्न प्रत्येक स्थानीय तहमा चार जना कर्मचारी खटाइनेछ । दर्तास्थल व्यवस्थापक, दर्ता कर्मचारी, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहायक खटाइने कार्यालयले जनाएको छ । मतदाता नामावली संकलन गर्न आउने टोलीलाई सघाउन हरेक स्थानीय तहमा सहयोग, समन्वय तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।

स्थानीय तह पनि मतदान गर्न योग्य सबै नागरिकलाई मतदाता नामावलीमा समेट्ने प्रयासमा छन् । मतदाता नामावली प्रविष्ट गाउँपालिकाबाट हुने प्रचारप्रसारका गर्न कर्मचारी नै खटाएको म्याग्देका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम अधिकारीले बताए । ‘गाउँपालिकाले एक जना कर्मचारी नै खटाएर टोल टोलमा खबर पुर्‍याएका छौँ । मतदाता नामावलीमा छुटेका सबैलाई समेट्ने प्रयास गरेका छौँ’, उनले भने ।

बन्दीपुर गाउँपालिकाले वडा अनुसार मतदाता नामावली प्रविष्ट गर्ने तालिका तयार पारेको छ । वडा अनुसार सेवा दिँदा भिडभाड नहुने र सहज सेवा प्रवाह हुने भएकाले तालिका बनाएको सहयोग समन्वय तथा प्रचारप्रसार समितिका सदस्य सचिव विष्णु खत्री क्षेत्रीले बताए । शुक्रबारदेखी अन्यत्र जिल्लामा स्थायी बसोवास भई तनहुँमा रहेकाले पनि यसपालि मतदाता नामावली दर्ता गराउन सकिनेछ ।

तनहुँमा २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ९० हजार ४ सय ७१ मतदाता थिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको बेला २० हजार ९ सय ७५ मतदान गर्न योग्य मतदाता थपिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । त्यसपछि गत २५ पुससम्म १५ हजार ६ सय मतदाता थपिएर कुल मतदाताको संख्या दुई लाख २७ हजार ४६ पुगेको थियो । गत साउनदेखि दुई हजार आठ सय १७ जनाले मतदाता नामावली फारम भरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन