जोकोभिकको भिसा रद्द गर्ने अष्ट्रेलिया सरकारको निर्णय सदर

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

माघ २, काठमाडौँ | अष्ट्रेलियाको एक अदालतले स्टार टेनिस स्टार नोभाक जोकोभिकको भिसा रद्द गर्ने सरकारी निर्णयलाई सदर गरेको छ । यो सँगै उनले अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन नपाउने भएका छन् ।

आइतबार संघीय अदालतका तीन न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्रीको निर्णय सदर गरेका हुन् । भिसा रद्द गर्ने निर्णय सदर भएसँगै उनलाई अष्ट्रेलियाबाट स्वदेश पठाइने भएको छ । प्राय: स्वदेश फिर्ता गर्ने आदेशपछि कुनै पनि व्यक्ति तीन वर्षसम्म अष्ट्रेलिया प्रवेश गर्न पाउँदैनन् ।

शुक्रबार अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिकको भिसा रद्द गरेका थिए । कोभिड-१९ खोप नलगाएका कारण जोखिम उत्पन्न भएको भन्दै उनको भिसा दोस्रो पटक रद्द गरिएको थियो ।

पहिलो पटक भिसा रद्द गर्ने सरकारको निर्णय अदालतले उल्टाएपछि हकले स्वविवेकीय अधिकारी प्रयोग गरी पुन: उनको भिसा रद्द गर्ने निर्णय गरेका हुन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply