2026-08-23 09:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चियाबारीमा पुगेर सीप सिकाउँदै बोर्ड

माघ २, मङ्गलबारे | चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाई व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यले इलामका किसानलाई चिया काट्ने सीप सिकाइँदै छ ।

गाउँमा नै सामान्य ज्ञान र सीप लिएर पाँखाबारीमा चियालगाएका किसानलाई चिया तथा कफी विकास बोर्डका प्राविधिकले उनीहरुको खेतबारीमै पुगेर चिया काट्ने तरिकाबारे प्राविधिक सीप सिकाउन लागेको हो । 

चालु आर्थिक वर्षको कार्यक्रमअनुसार चिया किसानलाई व्यावसायिक बनाउने लक्ष्यसहित ‘असल कृषि अभ्यासअन्तर्गत चिया काट्ने प्राविधिक सीप’ सिकाउन थालिएको बोर्डले जनाएको छ । दक्षप्राविधिकसहितको टोलीले किसानको खेतबारीमै पुगेर चिया काट्ने सीप सिकाउन थालिएको बोर्डको भनाइ छ । 

बोर्डका अनुसार चियाको राजधानीका रुपमा परिचित इलामका किसानलाई चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि यो कार्यक्रम अगाडि बढाइएको छ । हाल चियाको उत्पादन बन्द छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द हुन्छ । तर यही सिजनमा चियालाई छाँटकाँट गर्नुपर्दछ । चिया छाँटकाँट नमिलाउँदा उत्पादन र गुणस्तर दुबै राम्रो नहुने भएकाले बोर्डले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

जाडो महिना सुरुभएसँगै चिया कटिङ सिजन सुरु भएको छ । यही अवसरमा बोर्डले जिल्लाका चिया किसानलाई चिया काट्ने तालिम दिएको हो । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले कागजी प्रक्रियामा काम देखाएर चियाको विकास नहुने भन्दै प्रयोगात्मक रुपबाटै अघि बढ्न तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले यस किसानको चियाको बोटसम्म नै पुगेर तालिम दिन सुरु गरिएको जानकारी दिनुभयो । “यसअघि पनि चियाका लागि धेरै कार्यक्रम भएका छन्”, उहाँले भन्नुभयो, “उद्योग लक्षित कार्यक्रम भएका कारण चिया किसानले केही जानकारी नपाएको गुनासो बढेपछि अब किसान लक्षित कार्यक्रम चरणबद्ध रुपमा सञ्चालन गरिनेछ ।”  

किसानलाई छाँटकाँट गराउन गएको पुस महिनामा चिया काट्ने तालिम दिइएको छ । यो कार्यक्रम किसानसँग प्रत्यक्ष सञ्चालन हुने भएकाले फलदायी भएको उहाँको भनाइ छ । किसानलेसमेत यस कार्यक्रमलाई सफल बनाउन आफूहरु खटेको बताउँछन् । किसान शिवलाल प्रधानले यस खालको सीपले आफूहरुलाई हौसलासमेत थपिएको बताउनुभयो । 

“चियाका विभिन्न चरण हुन्छन् । चिया टिपाई मात्र नभएर छाँटकाँट, गोडमेल तथा मलपानी नमिल्दा उत्पादनमा कमी आउने गर्छ”, उहाँले भन्नुभयो, “यस पटक बोर्डले तालिका नै बनाएर सिजन अनुसारको तालिम दिने लक्ष्य राखेकोमा आफूहरु खुसी भएको छु ।” यस कार्यक्रमले किसानलाई व्यावसायिक बनाउन, चियाको गुणस्तर कायम राख्न र बजार व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ । 

बोर्डका कार्यकारी निर्देशक भट्टराई भन्नुभयो, “यो समय चिया कटिङको समय भएकाले चिया काट्न सिकाएका हौँ ।” किसानले चिया कसरी काट्ने भन्ने पनि अहिलेसम्म थाहा नहुँदा चियाको गुणस्तरमा समस्या आएको उहाँले बताउनुभयो । त्यसैले पनि पहिलो चरणमा किसानलाई चिया कटिङ तालिमको आवश्यकता परेको उहाँको भनाइ छ । सो तालिमका लागि जिल्लाका दुई हजार ७०० किसान छनोटमा परेका छन् । 

पुस महिनामा जिल्लाका १२ स्थानमा १५ देखि ३० जनाको समूह बनाएर यस सम्बन्धी तालिम सञ्चालन गरिएको बोर्डले जनाएको छ । प्रमाणपत्रको आधारमा नभई कटिङका बेला कैँची चलाउन जान्ने किसानलाई तालिमका लागि छनोट गरिएको बताइएको छ । कैँची नै चलाउन नजान्नेले चिया काट्ने भन्दा बिगार्ने बढी भएकाले त्यस्ता किसान छनोट नगरेको बोर्डले जनाएको छ । तालिमका लागि किसान छनोट गर्दा उद्योगसँग आवद्ध किसानको सूचीका आधारमा छनोट गरिएको छ । 

चियालाई दीर्घकालीन विकास र बजारीकरणका लागि चियाको गुणस्तर नभए समस्या हुने गरेको छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको चिया उत्कृष्ट बनाउन पनि सुधार आवश्यक रहेको बोर्डको ठम्याई छ । यसका साथै चियालाई दीर्घकालीन रुपमा गुणस्तरीय बनाउनका लागि केही नीति नियमको पनि आवश्यकता रहेको हुँदा यसका लागि पनि बोर्डले प्रक्रिया अघि बढाइसकिएको कार्यकारी निर्देशक भट्टराईको भनाइ छ । किसानको सहयोग र समर्थन भएमा बोर्डबाट नै चियाको समर्थन मूल्य तोक्न सक्ने उहाँले बताउनुभयो । 

पछिल्लो समय चियाको बजार बिस्तारका लागि छिमेकी मुलुक चीन सकारात्मक रहेको बताउँदै कार्यकारी निर्देशक भट्टराईले यस बारे अन्य मुलुकसँग पनि छलफल र सकारात्मक पहल भइरहेको जानकारी दिनुभयो । यसका लागि सबैभन्दा पहिले नेपालको चिया गुणस्तरीय बनाउन आवश्यक छ, उहाँले भन्नुभयो । विभिन्न किसिमका तालिम आयोजना गरी किसानलाई दक्ष र प्रविधिमैत्री बनाउनु अहिले प्रथम आवश्यकता रहेको उहाँको भनाइ छ । 

 चियाको राजधानी घोषणा गरेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले चियाको मूल्य समाधानका लागि नगरपालिकाले न्यूनतम मूल्य तोकेरै अघि बढाए पनि केही व्यक्तिले त्यसलाई नकारात्मक प्रयोग गरेको बताउनुभयो । उहाँले नगरपालिकाले प्रतिकिलो न्यूनतम मूल्य रु ४०  तोकेको छ । त्यसलाई नकारात्मक रुपमा प्रचार गरिएको बताउँदै यो मूल्य न्यूनतम हो । गुणस्तर हेरेर चियाको मूल्यमा वृद्धि हुन्छ भन्नुभयो । उहाँले नेपालको चियालाई विश्व बजारमा प¥ुयाउनका लागि पनि नगरपालिकाले अभियान नै सुरु गरिएको जानकारी दिनुभयो । 

इलाममा तीन हजार ३९३ हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको छ । झापामा सात हजार १९५ हेक्टरमा चियाको खेती हुने सर्वेक्षणले देखाएको छ । इलामसहित विभिन्न पहाडी जिल्लामा वार्र्षिक ५५ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो