बेलायतमा भेटियो ओमिक्रोनको नयाँ सहप्रजाति

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>एजेन्सी | </b>बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । उक्त भेरियन्टले महामारी कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ ।<br></p><p>हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य रहेको छ । तर बेलायतका स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला पारेका छन् । यूके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) ले बेलायतमा यस भेरियन्टबाट संक्रमित ४ सयभन्दा बढी केसहरु फेला पारेको जनाएको छ । एजेन्सीले भारत, डेनमार्क र स्वीडेनलगायत अन्य ४० देशमा पनि यो भेरियन्ट फैलिसकेको संकेत गरेको छ ।</p><p>यूकेएचएसएले नयाँ बीए.२ भेरियन्टबारे वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेको बताएको छ । हाल बीए.१ कै फैलावट बेलायतमा सबैभन्दा धेरै रहेको एजेन्सीको पनि भनाइ छ । फ्रान्सका महामारी रोग विशेषज्ञ एन्टोनी फ्लाहल्टले एएफपीसँग कुरा गर्दै एसियामा नयाँ भेरियन्टको फैलावटको दरले आफू चकित बनेको बताए । वैज्ञानिकहरुले भाइरसको म्युटेसनलाई अझै मूल्यांकन गर्नुपर्ने हुन्छ । भाइरसको जिनोममा भएको परिवर्तनका बारेमा अझै पनि अनिश्चितता रहेको एजेन्सीले जनाएको छ । बीए.२ लाई अझै भेरियन्ट अफ कन्सर्न भनिएको छैन ।&nbsp; तर, फ्लाहल्टले यसबारे सबैजना सचेत हुनुपर्ने र वैज्ञानिकहरुले अध्ययन गर्नुपर्ने बताउँछन् ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply