<p><b>माघ ९, काठमाडौँ | </b>रोल्पामा गाई काटेको अभियोगमा गएराति प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।<br></p><p>उक्त स्थानमा गाई काटी खाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४/४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ । </p>
रोल्पामा गाई काटेको आरोपमा दुई जना पक्राउ
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

