समाज | लम्जुङ्ग - LMG


लमजुङमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

Posted on September 17, 2018 | views : 578 | लम्जुङ्ग - LMG

असोज १, बेँसीशहर | बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।  बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३ नं स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामाङलाई ठक्कर दिँदा टाउकामा गम्भीर चोट लागेको र उपचारका क्रममा जिल्ला सामुदायिक अस्पता

Read More

लमजुङमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ४ पुग्यो

Posted on September 13, 2018 | views : 91 | लम्जुङ्ग - LMG

भदौ २८, लमजुङ | मस्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो ।  सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुरुङको शव आज बिहान फेला परेको हो भने एकजना अझै बेपत्ता छन

Read More

बेसीशहर–चामे सण्डक खण्ड अवरुद्ध

Posted on September 10, 2018 | views : 78 | लम्जुङ्ग - LMG

भदौ २५, बेसीशहर | आइतबार बेलुकादेखि लगातार परेको पानीका कारण आएको पहिरोबाट हिमालपारिको जिल्ला मनाङ जाने सण्डकखण्ड अवरुद्ध भएको छ ।  बेसीशहर नगरपालिका–६ बेलौतीबिसौना नजीकै उत्तिसघारी खरखरेमा पहिरो जाँदा बेसीशहर–चामे सडक अवरुद्ध भएको हो । पहिराका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाक

Read More

घरभित्र बाँदर पसेपछि... मृत अवस्थामा महिला फेला

Posted on August 30, 2018 | views : 687 | लम्जुङ्ग - LMG

भदौ १४, लमजुङ (रासस) | मध्यनेपाल नगरपालिका– १ जितामा आज एक महिला मृत अवस्थामा फेला परेको छ ।  साविक जिता गाविस, निबुवाटारी बस्दै आएकी ५९ वर्षीया दमन्ती घिमिरे मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।  घिमिरेको घरमा ढोका खुला रहेको र घरभित्र बाँदर पसेपछि छिमेकीले लखेट्ने क्रममा उहाँ मृत

Read More

स्पेनका नागरिकद्वारा लमजुङको एक आश्रमलाई सहयोग

Posted on August 11, 2018 | views : 259 | लम्जुङ्ग - LMG

साउन २६, लमजुङ | स्पेनका एक नागरिकले बेँसीशहरस्थित मानवसेवा आश्रमलाई रु ८० हजार सहयोग गरेका छन् । कामको सिलसिलामा नेपाल आएका स्पेनिस नागरिक लुइस जिमीनेजले सो सहयोग गर्नुभएको हो ।  शनिबार बेँसीशहर–७ मा रहेको आश्रममै पुगेर उहाँले नगद रु ८० हजार हस्तन्तरण गर्नुभएको थियो । ४७ वर्षीय लुइसले मानवसेवा

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 1650 | लम्जुङ्ग - LMG

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

लमजुङको दोर्दीमा जमीन भासिएपछि बस्ति नै उच्च जोखिममा

Posted on August 08, 2018 | views : 3485 | लम्जुङ्ग - LMG

साउन २३, लमजुङ | दोर्दीमा जमीन भासिएपछि खिमचोक गाउँका ३२ घर उच्च जोखिममा परेका छन् ।  निरन्तर वर्षात्का कारण एक साताअघि दोर्दी –८ खिञ्चोकस्थित खिञ्चोक–जल्गेनी सडक भासिएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । जिल्लाबाट प्राविधिकको टोलि स्थलगत अवलोकनका लागि गाउँ पुगेको थियो ।

Read More

छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेपछि...

Posted on August 07, 2018 | views : 877 | लम्जुङ्ग - LMG

साउन २२, लमजुङ | नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।&

Read More

पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध

Posted on August 02, 2018 | views : 158 | लम्जुङ्ग - LMG

साउन १७, लमजुङ | गएराति झरेको पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध भएको छ ।  बेँसीशहर–६, बेलौती बिसौनी भन्ने ठाउँमा ठूलो पहिरो झरेपछि यातायात सेवा अवरुद्ध बनेको हो । पहिरो ठूलो भएको र सडकसमेत भाँस्सिएको कारण सानो मेशिन (एक्साभेटर) ले पहिरो हटाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले ब

Read More

हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो

Posted on July 27, 2018 | views : 336 | लम्जुङ्ग - LMG

सन्देश पौडेल | साउन  ११, लमजुङ | “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे,  तोयानाथ पण्डित हलो जोति बिग्रे ।”  देशमा प्रजातन्त्रको उदय हुनुअघि विसं २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिक रुपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको एक वर्षसम्म जतातत

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 2257 | लम्जुङ्ग - LMG

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

मस्र्याङ्दीमा पानीको बहाव बढेपछि...

Posted on July 22, 2018 | views : 123 | लम्जुङ्ग - LMG

साउन ६, लमजुङ | मस्र्याङ्दी नदीमा पानीको बहाव अत्याधिक बढेपछि उच्च सतर्कता अपनाइएको छ ।  नदीमा साविकभन्दा पानीको मात्रा बढेपछि सम्भावित जोखिमबाट बच्न प्रशासनले नै सतर्क रहन आग्रह गरेको हो । नदीमा अचानक पानीको बहाव बढेपछि मनाङ र लमजुङअन्तर्गत नदी वरपरका बस्तीलाई शनिबार साँझ प्रशासनले विभिन्न सूच

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 2104 | लम्जुङ्ग - LMG

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 2247 | लम्जुङ्ग - LMG

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 1562 | लम्जुङ्ग - LMG

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

लमजुङमा सरकारी कार्यालयभित्र बिचौलियालाई रोक

Posted on June 08, 2018 | views : 156 | लम्जुङ्ग - LMG

जेठ २५, लमजुङ | जिल्लाका सरकारी कार्यालयहरुमा बिचौलियालाई प्रवेश रोक लगाइएको छ । सरकारी कार्यालयमा आएका सेवाग्राहीसँग सहयोगको बहानामा रकम असुली गर्ने र सरकारी कागजपत्र चलाउने बिचौलियालाई कार्यालयभित्र प्रवेश गर्न प्रशासनले रोक लगाएको हो । बिचौलियाले सेवाग्राहीसँग महँगो शुल्क लिँदै दुःख दिने र कार्यक

Read More

लमजुङमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

Posted on June 07, 2018 | views : 144 | लम्जुङ्ग - LMG

जेठ २४ लमजुङ | खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा आज एकजनाको मृत्यु भएको छ ।  ढिस्कोले पुरिएर मध्यनेपाल नगरपालिका– ७ इशानेश्वरमा १८ वर्षीय श्यामबहादुर परियारको मृत्यु भएको हो । उक्त घटनामा स्थानीयवासी ५५ वर्षीय माधव अधिकारी र ५६ वर्षीय किमबहादुर नेपाली घाइते भएका प

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 1334 | लम्जुङ्ग - LMG

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1491 | लम्जुङ्ग - LMG

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

लमजुङमा एक भरियालाई ८ करोड जरिवानासहित १० वर्ष कैद, यस्तो छ कारण

Posted on June 04, 2018 | views : 484 | लम्जुङ्ग - LMG

जेठ २१, लमजुङ | अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका एक युवकलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवानासहित १० वर्ष छ महिना जेल सजाय भएको छ ।  लमजुङ जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत ज्याला मजदूरी गर्दै आएका मनाङको

Read More

लमजुङको बेसीशहरमा चोक चोकमा नि:शुल्क रगत परीक्षण

Posted on May 11, 2018 | views : 186 | लम्जुङ्ग - LMG

वैशाख २८ बेँसीशहर, लमजुङ | लमजुङको जिल्ला सामुदायिक अस्पतालमा रगत अभाव हुन थालेपछि सम्भावित रक्तदाताको रगत समूहको निःशुल्क परीक्षण गरीएको छ ।  विभिन्न युवाक्लब तथा संस्थासँग सहकार्य गरी बेँसीशहरका चोकचोकमा उत्प्रेरणासहित रक्त समूहको निःशुल्क परीक्षण गरिएको हो ।  रक्त समूह परीक्षण गरिएका सम

Read More

लमजुङमा वन लगानी परियोजना सञ्चालन हुने

Posted on April 16, 2018 | views : 252 | लम्जुङ्ग - LMG

वैशाख ३ बेँसीशहर, लमजुङ | विश्व बैंकको सहयोगमा हुन लागेको वन लगानी कार्यक्रम लमजुङमा पनि शुरु हुने भएको छ । फरकफरक विधामा पाँच कार्यक्रम रहेको सो परियोजना लमजुङमा पनि सञ्चालन हुन लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको हो ।  सामुदायिक तथा समुदायमा आधारित वनको दिगो व्यवस्थापन, वनमा आधारित अर्थत

Read More

आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

Posted on April 04, 2018 | views : 468 | लम्जुङ्ग - LMG

चैत २१, लमजुङ (रासस) | आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।  सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्

Read More

लमजुङ जिल्ला अस्पतालमा न्यानो झोला कार्यक्रम स्थगित

Posted on March 23, 2018 | views : 304 | लम्जुङ्ग - LMG

चैत ९, लमजुङ | जिल्ला अस्पतालमा बजेट नहुँदा सुत्केरीले पाउने ‘न्यानो झोला’ कार्यक्रम स्थगित भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत आउने रकम चालू आर्थिक वर्षमा स्थानीय तहमा गएपछि विगत चार महिनादेखि सो कार्यक्रम स्थगित भएसँगै जिल्लाका सुत्केरी महिला तथा नवजात शिशु प्रभावित भएका छन् । कार्यक्

Read More

लमजुङको एक बालगृहलाई ४० लाख दान

Posted on March 19, 2018 | views : 244 | लम्जुङ्ग - LMG

चैत ५, लमजुङ | लमजुङको एक बालगृहमा रु ४० लाखभन्दा बढी रकम सहयोग जुटेको छ । बेसीशहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रद्वारा सञ्चालित बालगृहमा अक्षयकोष स्थापनार्थ सो सहयोग प्राप्त भएको हो ।  संस्थाकी अध्यक्षसमेत रहनुभएकी बेसीशहरकी सानुमाया गुरुङले रु ४० लाख ११ हजार १११ दान गर्नुभएको हो । संस्

Read More

प्रेस काउन्सिल संघीय संरचनामा जाने

Posted on March 11, 2018 | views : 264 | लम्जुङ्ग - LMG

फागुन २७, लमजुङ | मुलुकमा संघीयता कार्यान्वयन भएसँगै प्रेस काउन्सिल नेपाललाई पनि संघीय संरचनानुसार अघि बढाउने निर्णय भएको छ ।  पर्यटीय गाउँ काउलेपानीमा शनिबार भएको बैठकले काउन्सिललाई संघीय संरचनाअनुसार अघि बढाउन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठ

Read More

लमजुङमा कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण

Posted on March 06, 2018 | views : 283 | लम्जुङ्ग - LMG

फागुन २२, लमजुङ | जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुईवटा कृषि सेवा केन्द्रको भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।  जिल्ला कृषि विकास कार्यालयअन्तर्गत रहेका राईनास र सुन्दर बजारका सेवा केन्द्र भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।  कृषि कार्यालयका प्रमुख कृष्णभक्त अधिकारीका

Read More

सेनाद्वारा लमजुङको ऐतिहासिक संरचनाको पुनःनिर्माण

Posted on February 28, 2018 | views : 337 | लम्जुङ्ग - LMG

फागुन १६, लमजुङ | नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ । नेपाली सेनाको श्रीजङ गणको टोलीले जिल्लाको राइनास नगरपालिकाअन्तर्गत राइनासकोटमा रहेको पुरातात्विक सम्पदाबाहेकका अन्य जीर्ण संरचना पुनःनिर्माण गरेको हो ।  राइनास गढी छेउमा भत्किएका पर्खाल बनाउन

Read More