२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा प्रदर्शन

२०८०, १३ मंसिर बुधबार १०:३५

मङ्सिर १३, काठमाडौँ | सुत्केरी महिला र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ।

अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार पक्षले अस्पताल अगाडि प्रदर्शन जारी राखेका छन्। प्रदर्शनपछि केही समयका लागी लमजुङ अस्पताल तनावग्रस्त बनेको थियो।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँका अनुसार लमजुङको मर्स्याङ्दी गाउँपालिका –९ बस्ने २६ वर्षीय शोभा विक सुत्केरी व्यथा लागेपछि सोमबार लमजुङ अस्पतालमा भर्ना भएकी थिइन्।


मंगलबार दिउँसो १ बजेको समयका अपरेसन मार्फत मृत शिशुको जन्म भयो। लगतै आमाको पनि स्वास्थ्य अवस्था नाजुक देखिएपछि उनलाई चितवन रिफर गरियो।

अस्पताल स्रोतका अनुसार अपरेसनपछि सुत्केरी आमाको रगत बग्ने समस्या नरोकिएपछि मंगलबार बेलुका चितवन मेडिकल कलेज रिफर गरिएको थियो। मेडिकल कलेजमा उपचारकै क्रममा आमाको बुधबार बिहान साढे २ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक चपाइँले जानकारी दिए।

पीडित परिवारजनले अस्पतालको लापरबाहीका कारण शिशु र सुत्केरी आमाको मृत्यु भएको आरोप लगाएका छन्। पीडित परिवारले शिशुको शव उठाएको छैन। मृतक सुत्केरीको शव पनि ल्याएर अस्पतालमै राखिएको छ।

हाल अस्पताल व्यवस्थापन समिति, मृतकको आफन्त, अस्पतालका प्रमुख लगायतको टोली यस विषयमा वार्तामा जुटेको छ। ‘अहिले वार्ता चलिरहेको छ। अस्पतालको अवस्था भने सामान्य छ। अस्पतालका सेवाहरू पनि सञ्चालनमै छन्।’ अस्पताल स्रोतले भन्यो।

अस्पतालको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। पीडित पक्षले अस्पतालको गेटमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश