२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

राइनासमा दसैंभर खसी बाेकाकाे मासु प्रतिकिलाे ६ सय रुपैयाँ

२०७९, १३ आश्विन बिहीबार ०८:०२

असोज १३, लमजुङ | राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ ।  

चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलाे ६ सयमा बेच्न नगरपालिकाले मूल्य ताेकेकाे हाे । 


नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य निर्धारण समितिबाट खसीबोकाको जिउँदो मासुको मूल्य प्रतिकेजी ६ सय रुपैया निर्धारण भएको जनाएको छ । 

दसैँतिहार लक्षित गरी यहि १२ र १३ असोजमा राइनास नगरपालिका- १ बोराङखोला र वडा नम्बर  ८ को भेटघाट चोकमा हाटबजार सञ्चालन हुने भएको छ । यस्तै वडा नम्बर ६ को गौलिटार बगैँचा र वडा नम्बर ४ कुसुन्डे बगैँचामा १४ र १५ असाेज  हाटबजार सञ्चालन हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिए ।

विगतका बर्षमा चाडपर्वको समयमा मासु व्यवसायीले मनलाग्दी मूल्य लिएको भन्दै  नगरपालिकाले चाडपर्व लक्षित गरी मूल्य निर्धारण गरेकाे हाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा