२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चोरेको सुन बैंकमा धितो राखेर ऋण लिएपछि युवती पक्राउ

२०८०, १९ भाद्र मंगलवार ०८:३७

भदौ १९, लमजुङ | लमजुङमा सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङले २७ वर्षीया युवतीलाई गहना चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। बेशीसहर नगरपालिका-७ की सुजा घिमिरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सोमबार जिल्ला अदालत लमजुङबाट पाँच दिन म्याद लिई घिमिरेमाथि अनुसन्धान अघि बढाएको छ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार उनीमाथि दुई वटा चोरी गरेको कसुर आरोप छ। गत वैशाख २५ गते वडा ७ क्याम्पस रोडस्थित जमुना रिमालको घरबाट सुनका गरगहना चोरी भएको थियो। जमुना र सुजा साथीहरू हुन्। घरबाट ठूलो परिमाणमा चोरी भए पनि जमुनाले प्रहरीलाई खबर गरेकी थिइनन्। चोरी भइसकेको सामान फिर्ता पाउने सम्भावना न्यून रहेको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिएनन्।


तर साउन ३० गते बेशीसहरमै अर्को चोरी भयो। वडा नम्बर ७ कै न्यू इरा बोर्डिङ स्कुल नजिकै रहेको बालकुमारी घिमिरेको घरबाट पनि गरगहना चोरी भएको थियो। उक्त चोरीबारे भने हल्लाखल्ला भयो। प्रहरीका अनुसार पक्राउ परेकी घिमिरे एक गैरसरकारी संस्थामा काम गर्थिन्। उक्त संस्थाको कार्यालय जमुनाको घरमा थियो। सुजाले आफ्नो पनि सुन चोरी भएको भन्दै जमुनासँग कुराकानी गरेकी थिइन्।

‘अर्को चोरी पनि भएपछि पक्राउ परेकी युवतीले जमुनासँग आफ्नो पनि गहना हराएको भनेकी रहेछन्,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘यसरी उनीहरू दुबैले प्रहरीमा जानुपर्छ भनेर भदौ १ गतेतिर चोरी भएको भनेर निवेदन दिए।’

निवेदन दिएयता प्रहरीले गहना चोरीका घटनालाई एकै ठाउँमा राखेर अनुसन्धान अघि बढाएको थियो। ‘दुबै चोरीका घटनामा सबै सजिलोसँगै चोरी भएकोजस्तो देखियो। कतै पनि तोडफोड गरेको देखिएन। त्यसो भएपछि हामीले गहना चोरी भएको घटनाको कनेक्सन निकालेर अनुसन्धान गर्दै थियौं,’ उनले भने।

जमुना र बालकुमारीको घरबाट करिब २३ तोला सुन बराबरको गहना चोरी भएको थियो। अनुसन्धानको क्रममा प्रहरीले दुई वटा घटनाको कनेक्सन सुजासँग भएको पत्ता लगायो। बालकुमारकी छोरी सुजाकी साथी हुन्। जो अमेरिकामा बस्थिन्। घर परिवारसँग राम्रो चिनजान भएकाले उनी उक्त घरमा आउजाउ गर्थिन्। साउन ३० गते चोरी भएको दिनमा सुजाले बालकुमारीलाई सम्पर्क गरेको भेटिएपछि प्रहरीलाई उनीमाथि शंका लागेको थियो। प्रहरीले सोधपुछ गर्दा गमलामा लगाउन मल लिन पुगेको हुँदा फोन गरेको प्रहरीलाई बताएकी थिइन्। तर प्रहरीले उनले नेपाल बैंक लिमिटेडबाट ऋण समेत लिएको खुल्यो। उनले चोरी गरिएको सुन धितोमा राखेर ऋण लिएको थाहा भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

‘गोल्ड लोन भनेर लिएको पायौं। चोरी भएको करिब ३ तोला सुन धितो राखेर एक लाख ८० हजार जति लोन लिएपछि पक्राउ गरेका हौं,’ उनले भने। बैंकले पनि कुनै बिलबिना नै उक्त सुन धितोमा राखेको पाइएको छ। यसरी बिलबिना नै सुन धितो राख्ने भएपछि अन्य चोरी गरिएका सामानहरू पनि त्यसैगरी दुरूपयोग हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन्। यसरी बैंकमा राखेको भेटिएपछि प्रहरीले उनको कोठामा पनि तलासी लिएको थियो। जहाँबाट बाँकी चोरिएका गहना बरामद भएको थियो।

एउटा रानीहार, दुइटा बाला, चार वटा औंठी, सिक्री, मिनिहार, टप, लगायत गहनाहरू बरामद भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने