२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मर्स्याङ्दीमा खसेको बसका चालकको शव भेटियो

२०८०, १८ भाद्र सोमबार ०९:२५

भदौ १८, काठमाडौँ | लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, बालुवाको पहिरोबाट शनिबार मध्यराति मर्स्याङ्दी नदीमा बस खस्दा बेपत्ता चालकको शव भेटिएको छ ।

मर्स्याङ्दी नदीले बगाएर करिब ४ किलोमिटर तल पुर्‍याएका उनको शव मर्स्याङ्दी गाउँपालिका ८ र ९ को मध्यभागमा पर्ने मर्स्याङ्दी नदीको आँगे भंगालो क्षेत्रमा भेटिएको हो ।


चितवनको भरतपुर महानगरपालिका १३ घर भइ हाल लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, ङादीस्थित आफन्तकहाँ बस्दै आएका अन्दाजी ४२ वर्षीय खेमबहादुर भुजेल मगर शनिबार मध्यरातदेखि मर्स्याङ्दी नदीमा बेपत्ता थिए । मर्स्याङ्दी नदी दुई धारबाट बगेपछिको खाली ठाउँको सानो खोंचमा सोमबार शव भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार अपराह्न शव देखिए पनि उद्धार गर्न नसक्दा पहिचान हुन सकेको थिए । सोमबार सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट आएको टोलीसहित लमजुङस्थित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव निकालेको हो । सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका डीएसपी खेमनाथ शर्माका अनुसार तालिमप्राप्त उद्धार टोलीले र्‍याफ्टिङ ढुंगा र डोरीको माध्ययमबाट शव निकालिएको थियो । उनका अनुसार शव सोमबार बिहान साँढे ११ बजे मर्स्याङ्दी नदीबाट निकालिएको हो ।

बेंसीसहरबाट शनिबार यात्रु लिएर गएको ध १ ख ३७२ नम्बरको बस बाटोमा बिग्रिएपछि मर्मत गरेर चालकले राति ङादीतर्फ लैजाँदै गरेका थिए । मर्स्याङ्दी गाउँपालिका ९, गैरीफाँटमा मर्मत गरी ङादीतर्फ जाने क्रममा शनिबार राति साँढे १२ बजेतिर बस नदीमा खसेको अनुमान प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार बस सडकबाट करिब १५–२० मिटर तल खसेको थियो । आधाभन्दा बढी भाग नदीमा डुबेको बसको आइतबार एस्काभेटरको प्रयोग गरी बाहिर निकालिएको छ । दुर्घटनाबारे आइतबार बिहान साँढे ७ बजेतिर एक जना जिप चालकले खबर गरेपछि दुर्घटनाबारे जानकारी पाएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमको लागि बेंसीसहरस्थित लमजुङ अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने