५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लमजुङमा चट्याङ लागेर १८ भेडाबाख्रा मरे

१ कार्तिक २०८०, बुधबार ०६:२२

कार्तिक १, काठमाडौँ | लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, को दिले पाखा खर्कमा चट्याङ पर्दा १८ वटा भेडाबाख्रा मरेका छन् । वडा नं. ५ छिचुका धनराज घलेको १० वटा भेडा र ३ वटा बाख्रा साथै न्युरीका मंगलराशी गुरुङको ३ वटा बाख्रा र २ वटा भेडा मरेको वडाअध्यक्ष घनश्याम घलेले बताए ।

यस्तै, वडा नं. ५ सञ्जापूका योबहादुर घलेको सञ्जापू र बडालबिसौनाको सीमा क्षेत्र खाजे चौतारानजिकै गोठमा बाँधेर राखिएको गर्भिणी भैंसी तर्सिएर भाग्दा भिरबाट खसेर मरेको छ ।


लेकमा रहेको भेडाबाख्रा मर्दा करिब ४ लाख रुपैयाँ र गर्भिणी भैंसी मर्दा करिब ९० हजार रुपैयाँ किसानलाई घाटा लागेको वडाअध्यक्ष घलेले बताए ।

मंगलबार बिहानीपख १ बजेतिर वर्षासंगै चट्याङ पर्दा चौपायमा क्षति भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए । मानवीय क्षति नभए पनि चट्याङका कारण भेडीगोठाला धनराज घले बेहोस भएको र पछि उनका छोरा थगिन्द्रले बोलाएको बोलाए गरेपछि बिउँझिएको वडाअध्यक्ष घलेले बताए ।

सोमबार राति ठूलो पानी परेपछि चौरमा रहेका भेडाबाख्रा ओत खोज्दै रुखमुनी गएर बसेको समयमा चट्याङ परेको गोठालालाई उद्दृत गर्दै वडाअध्यक्ष घलेले बताए । गोठ रहेको ठाउँ मानवबस्ती सबैभन्दा नजिक न्युरीबाट पर्ने र न्युरीबाट गोठ उकालो ३ घण्टा टाढाको दूरीमा रहेको घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ