२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लयमा फर्किदै घलेगाउँका घरबास

२०७९, २२ चैत्र बुधबार ०८:३३

चैत २२, लमजुङ | क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका  घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०/५०  पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास  सुनसान थिए । 

ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले भन्नुभयो, “जाडोयाम बढेसँगै सुनसान जस्तै बनेको यहाँको घरबासमा यतिबेला बिस्तारै पर्यटक आउन थालेका छन् ।” दैनिकजसो ३० देखि ५० र शुक्रबार, शनिबार तथा बिदाको समयमा एक सय जनाभन्दा बढी पर्यटक आउने गरेको उहाँको भनाइ छ । 

वितगमा दैनिक तीन सयदेखि पाँच सय जनासम्म पर्यटक आउने गरेको र  आगामी दिनमा पनि सोही हाराहारीमा आउने अपेक्षा यहाँका घरबास सञ्चालकहरूले गरेका  छन् । यहाँ पर्यटकीय ‘सिजन’मा प्रतिघबासले ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् । 


यसअघि पर्यटक नआउँदा फुर्सदिला बनेका यहाँका घरबास सञ्चाल अहिले  पर्यटक आउन थालेसँगै पर्यटक सत्कारमा व्यस्त हुन थालेको घरबास सञ्चालक हेमकुमारी गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँका घरबास सञ्चालकहरूलाई दुई–चार पैसासमेत दैनिकजसो आम्दानी हुन थालेको छ । विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरबास सञ्चालनमा रहेका छन् । तीन सयजना एक रातमा बास बस्न सक्नेछन्, साथै यहाँ दुईवटा होटलसमेत सञ्चालनमा रहेका छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । 

तत्कालीन सरकारको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन गाउँ हो । यस गाउँमा करिब एक सय ३५ घरधुरी रहेको छ । यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठद सय ३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छे« हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, ६ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र ६ हजार ६ सय ७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ ।  यहाँ घलेराजामध्ये अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको सालिकसमेत देख्न सकिन्छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकहरूले गाउँघरमै उब्जाइएका अग्र्यानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासु लगायतको परिकार खुवाउने गर्दछन् । 

घरबासमा आएका पर्यटकहरूलाई सत्कारसँगसँगै आफ्ना कलासंस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरूको जातीया पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झँक्री, सेर्गा लगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला,  गुच्छा र  खादा चढाइन्छ । पर्यटकलाई गुन्द्रक, मकै, भटमास, कोदोको सेलरोटी, चिया लगायतका परिकार खुवाइन्छ । पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ । पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्यहरू प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । 

घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक  हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । यस गाउँमा पैदल यात्रा गरेमा करिब ६ घण्टा समय लाग्दछ भने काठमाडौँबाट तनहुँको डुम्रेबजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको छ ।  त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण