उपप्रधानमन्त्री रावललाई नेपाली सेनाको परिचयात्मक जानकारी प्रदान

साझासवाल
1 Min Read

sainik news

कात्तिक २३, काठमाडौँ ।
नेपाली सेनाद्वारा नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री श्री भीम रावललाई जंगी अड्डामा आयोजित एक
कार्यक्रमका बीच नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको छ ।

कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य
व्यक्त गर्नु भएको थियो भने बलाधिकृत रथी श्री बलदेव राज महतले नेपाली सेनाको आगामी कार्यदिशा सम्बन्धमा
जानकारी गराउनु भएको थियो । त्यसैगरी, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री हिमालय थापा,
व्यवस्था नीति तथा योजना निर्देशक सहायक रथी श्री शरद कुमार गिरी, व्यवस्था तथा युद्धकार्य निर्देशक
सहायक रथी श्री देवेन्द्र बहादुर मेधासी लगायत अन्य विभागीय प्रमुखहरुले क्रमशः नेपाली सेनाको सुरक्षा
वातावरण, नेपाली सेनाको भूमिका, जिम्मेवारी एवम् गरिरहेका कार्यहरु र नेपाली सेनाको अपरेशनल तथा अन्य
भुमिकाहरु सम्बन्धमा जानकारी समेत गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रधान एवं रक्षामन्त्री श्री भीम रावलले नेपाली सेनाले गरेका
कार्यहरुको उच्च मुल्यांकन गर्नुहुंदै भविष्यमा समेत अझ प्रगाढ रुपमा नेपाली सेनाले आफ्नो जिम्मेवारी
तथा भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा रक्षा सचिव श्री
ईश्वरी प्रसाद पौडेल लगायत रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिती रहेको
थियो ।

bhim
rawal

Share This Article
Leave a Comment

Leave a Reply