वैशाख २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६२ पैसा र विक्रिदर २८ रुपैयाँ ७८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४८ पैसा र विक्रिदर २९ रुपैयाँ ६४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २२ पैसा र विक्रिदर २९ रुपैयाँ ३८ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र विक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५५ रुपैयाँ ७९ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ७८ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ६० पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ १९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सुचिसहित:-