माओवादी महाधिवेशनबाट पार्टीको विधान पारित

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस १७, काठमाडौँ |</b> नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनले नेता देव गुरुङले पेस गरेको विधान पारित गरेको छ। विधान मस्यौदामाथि उठेका प्रश्नको शनिबारको बन्दसत्रमा नेता गुरुङले जवाफ दिएसँगै हलले पार्टीको विधान पारित गरेको हो।<br></p><p>विधानले २९९ सदस्य केन्द्रीय कमिटी र १५ प्रतिशत केन्द्रीय कमिटीले मनोनीत गर्न सक्ने प्रावधान पारित गर्‍यो। यद्यपि पदाधिकारीको संख्या भने टुंगिएन। पदाधिकारीको संख्या टुंग्याउने जिम्मा केन्द्रीय कमिटीलाई दिइएको छ। योसँगै माओवादीको पदाधिकारी संख्या अनिश्चित भएको छ।</p><p>यसअघि विधानमा १५ पदाधिकारी राख्ने प्रस्ताव गरिएको थियो। अब भने पदाधिकारी संख्या केन्द्रीय कमिटीले आवश्यकता अनुसार निर्धारण गर्ने जनाइएको छ। यस्तै, जिल्ला समन्वय समितिले पनि २५ प्रतिशतसम्म केन्द्रीय सदस्य मनोनित गर्न सक्ने गरी गरिँदैछ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply