पुस १७, काठमाडौँ | निर्वाचन आयोगले शनिवार राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्ने भएको छ। दाबी विरोध र छानबिन सकेपछि मतदाताको अन्तिम नामावली सोमबार प्रकाशन गर्ने आयोगले जनाएको छ।

शनिवार प्रकाशित भएका मतदाता नामावलीमा विरोधको लागि दुई दिन भित्र उजुरी दिई सक्नुपर्ने बताइएको छ। माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।उनका अनुसार २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। आयोगले पुस २५ गते नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ। त्यस्तै माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएका मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ।

Related News