2026-10-16 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य वृद्धि, ९२ मुलुकमा नेपाली कामदार उडे !

पुस १७, काठमाडौँ | वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कार्तिक महिनाको तुलनामा मंसिर महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको संख्या बढेको पाइएको हो । वैदेशिक रोजगार विभागले तयार पारेको मासिक  प्रतिवेदन अनुसार मंसिर महिनामा संस्थागत तथा व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा वृद्धि भएको छ । 

कार्तिक  महिनामा म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना कामदारले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएकोमा मंसिर महिनामा त्यो संख्या बढेर ३१ हजार ३१ पुगेको छ ।

असोज महिनामा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । मंसिर महिनामा व्यक्तिगत प्रयासमा नयाँ  २ हजार २३ जनाले वैदेशिक  रोजगारीका लागि श्रम स्वीकृति  लिएका छन् ।

वैधानिक माध्यमबाट १ हजार ४ सय  ४ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३९ हजार ८ सय ७७ जना गरि समग्रमा मंसिर  महिनामा  ६९ हजार ४  सय ४३ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । विभागको प्रगति विवरण अनुसार मंसिर महिनामा ६ सय ५४ मध्ये ६ सय १४ म्यानपावर कम्पनीले कामदार पठाएका छन् । 

मंसिर महिनामा विश्वका ९२ मुलुकमा नेपाली कामदार गएकोमा म्यानपावर कम्पनीको तर्फबाट जम्मा १२ मुलुकमा कामदार गएका छन् । त्यसमा सबैभन्दा बढी साउदी अरबमा  १६ हजार  २ सय ३८ जनाको श्रम स्वीकृति भएको  छ । 

साउदी अरब पछि अघिल्लो महिना जस्तै कतार जानेको श्रम स्वीकृति भएको छ ।  कतार जान ६ हजार ६ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । कयुएई जान मंसिरमा ५ हजार  ५ सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् ।

मलेसियामा संस्थागत रूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन भने व्यक्तिगत रूपमा जम्मा एक जनाको श्रम स्वीकृति भएको छ । अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम मंसिरमा पनि देखिएको छ । रोमानियाका लागि ३ सय  जनाको श्रम स्वीकृति भएको छ । ओमनका लागि ३ सय ४१ जना, कुवेतमा ६ सय २१ जना, माल्दिप्समा ३ जना जोर्डनमा ४० जना,साईप्रसमा २ सय ९१ जना,बहराइनमा ९ सय २६ जना, बेलायतको लागि ३ जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु