२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

सिवियर निमोनिया बिरामीको जिल्लामै उपचार

२०७८, १७ पुष शनिबार ०९:२१

पुस १७, काठमाडौँ | रासस | सङ्खुवासभा जिल्ला अस्पतालमा सिवियर निमोनियाको एक बिरामीलाई १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । सिवियर निमोनियाबाट पीडित भोजपुर तुङ्गेछा निवासी अर्पना जोगीलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको बाल रोग विशेषज्ञ दीपेन्द्र राईले बताउनुभयो ।

विद्यालयबाट घर फर्कंदै गर्दा अर्पनाको कोखा हान्न थालेकाले आतिएका अभिभावकले स्थानीय स्वाथ्यकर्मीको सल्लाहअनुसार खाँदबारीस्थित उक्त अस्पताल लिएर आएका थिए । उनलाई सिवियर निमोनियाको लक्षण देखिएकाले  १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरी ३० दिनको अस्पताल बसाईंपछि आज घर फर्काइएको उहाँले जानकारी दिनुभयो  । यसअघि कात्तिक तेस्रो हप्ता चिचिला गाउँपालिकाकी सरस्वती राईलाई पनि खेल्दाखैल्दै श्वास फेर्न गाह्रो हुन लागेकाले  अभिभावकले खाँदबारी अपस्पतालमा  लिएर आएका थिए । 

जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी अर्पनालाई जाँच गर्दा सिवियर भएको बाल विशेषज्ञ राईले बताउनुभयो । त्यसपछि उनलाई तत्काल भर्ना गरेर सघन उपचार कक्षमा राखि उपचार गर्न थालियो । सिवियर निमोनिया भएपछि बच्चालाई श्वासप्रश्वासमा समस्या हुने कोखा हान्नेजस्ता लक्ष्यण देखापर्ने, बच्चा सुस्त हुने अक्सिजनको कमी भएर शरीर निलो देखिन थाल्छ । यस्तो लक्ष्यण  देखिनासाथ बच्चालाई अस्पताल लगेर विशेषज्ञलाई देखाउनुपर्ने हुन्छ । 

अस्पताल आउन ढिला भए हातखुट्टामा कम्पन आउने, मुटुको गति कम हुने, पिसाब कम आउने र अन्त्यमा बिरामीको मृत्युसमेत हुनसक्ने विशेषज्ञ राईले बताउनुभयो । सरस्वती र अर्पनाका अभिभावकको आर्थिक अवस्था कमजोर रहेको हुनाले उनीहरुलाई खाँदबारी अस्पतालमा उपचार हुँदैन कि भनेर चिन्ता थियो तर उक्त  अस्पतालले पछिल्लो समयमा सुरु गरेको सघन उपचार कक्ष र विशेषज्ञको सेवाले यही उपचार सम्भव तुल्यायो ।  ती बिरामीलाई  अस्पतालले निःशुल्क उपचार गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले  सामाजिक इकाइ सेवाबाट आर्थिक अवस्था कमजोर भएकाका लागि सहयोग गर्ने हुनाले उनीहरुलाई अस्पतालले छुट दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी