राप्रपा केन्द्रीय समिति विस्तार

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस २०, काठमाडौँ | </b>राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लाका ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ । प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएको पार्टीले जनाएको छ ।&nbsp;<br></p><p>पार्टीका नेता सुन्दर पाण्डेका अनुसार मनोनीत सदस्यमा रुपन्देहीबाट दीपक बोहरा र निरञ्जन थापा, उदयपुरबाट हरिबहादुर बस्नेत, रामेछापमा नवराज सुवेदी र दिनेश कार्की, रोल्पाबाट बालाराम घर्ती मगर, भोजपुरबाट टङ्क ढकाल, बाँकेबाट प्रेमबहादुर भण्डारी, म्याग्दीबाट भीमप्रसाद गौचन, लमजुङबाट हेमजङ्ग गुरुङ, धादिङबाट ठाकुरप्रसाद शर्मा, सुनसरीबाट रामकुमार सुब्बा, सुर्खेतमा मुकुन्दश्याम गिरी, भक्तपुरबाट दिनेश श्रेष्ठ, झापाबाट भक्तिप्रसाद सिटौला, गोरखाबाट मोहनकुमार श्रेष्ठ, नुवाकोटबाट झनक प्याकुरेल, अछामबाट श्यामबहादुर शाही, सोलुखुम्बुबाट एजी शेर्पा, ललितपुरबाट पुष्पराज पुरुष हुनुहुन्छ ।</p><p>त्यस्तै, जुम्लाबाट रमानन्द न्यौपाने, नवलपरासीबाट सरोजा शर्मा, सिराहाबाट रामप्रताप साह, खोटाङबाट रबिन चाम्लिङ, स्याङ्जाबाट उदयराज पोखरेल, काठमाडौँबाट प्राडा गीताभक्त जोशी, सरस्वती अधिकारी र नवीन शाही, कैलालीबाट वीरेन्द्र बम, रुकुम पूर्वबाट केशवचन्द्र समाल, झापाबाट अम्बरबहादुर विष्ट हुनुहुन्छ । गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको पार्टीले छिट्टै केही अग्रज नेतालाई विभिन्न विभागमा प्रमुखको जिम्मेवारी तोक्ने जनाइएको छ ।&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply