2026-10-15 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकसञ्जालसँग नजोडिँदा सहुलियत चामलको भर कहिलेसम्म ?

पुस २०,  काठमाडौँ | रासस | “हुम्लीले अनुदानको चामल पाएकैभरमा खाद्यका कर्मचारी र प्रमुख जिल्ला अधिकारीलाई भगवान् कहिलेसम्म मानिरहने ?” प्रतिनिधिसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद् रङ्गमती शाहीले पटक पटक यही प्रश्न सदन र समितिमा उठाउँदै आउनुभएको छ । 

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा जुनसुकै सडकसम्बन्धी छलफल भए पनि उहाँ कणार्ली करिडोर खुलिसक्न अझै लामो समय लाग्ने जनाउँदै आउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले करिडोर चालू आवभित्रै खुलाइसकिने बताउँदै आए पनि उहाँको यसमा विश्वास छैन । दुल्लीकुना–लालीबगर खण्डमा चट्टानै चट्टान भएकाले खुलाउन लामो समय लाग्ने उहाँको भनाइ छ । 

सातकिमी लम्बाइको सो खण्ड पूरै नेपाली सेनालाई दिँदा मात्रै दुई वर्षमा सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“सडक विभागले खुलाउँदा पाँचसात वर्षै लाग्नसक्छ ।” देशभरका ७७ जिल्लामध्ये सदरमुकाम सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्लामा हुम्ला छ । जिल्लाको पनि सडक पुगेका र नपुगेका क्षेत्रका मानिसको जनजीवन धेरै फरक भएको उहाँले बताउनुभयो । अन्यत्र सदरमुकाम भनेपछि सुगम ठानिए पनि सडकमा नजोडिएकाले सिमकोट अझै दुर्गम भएको छ । 

 सडक पुगेका ठाउँका मान्छे मसिनो चामल खाने गरेपनि सदरमुकामकै जनता सहुलियत चामलको आशा गर्नुपरेको छ । सडक सञ्जालमा जोडिन बाँकी भएकै कारण स्थानीयवासीले शिक्षा, स्वास्थ्यलगायतमा समेत असर परिरहेको सांसद् शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका मानिस सामान्यदेखि गम्भिर समस्या आउँदा एम्बुलेन्स चढेर उपचार गर्न पाइरहेका छैनन् ।”

राष्ट्रिय गौरबको सो करिडोर हिल्सा–सिमकोट ९५ किमी र सिमकोट–सरिसल्ला ५० किमी गरी १४५ किमी रहेको छ । हिल्सा– सिमकोट सडकको ट्र्याक खुलाइसकिएको छ । सो सडकमा छ्याछारा भीरको ग्रेड मिलाइसकिएपछि सिमकोटबाट चीनको सीमानामा पर्ने हिल्सा पुग्न सकिनेछ । पचास किमी रहेको सिमकोट–सरिसल्ला सडकको ४० किमी ट्र्याक हिल्सा–सिमकोट सडक योजनाले खुलाइसकेको छ । ट्र्याक खुलाउन बाँकी १० किमी लालीखोला भीरदेखि स्यालटारे पर्छ । अप्ठेरो चट्टानी भागमा खुलाउन बाँकी रहेको छ । यसमध्ये अप्ठेरो सात किमी सेनालाई जिम्मेवारी दिइएको थियो । तीन किमी सडकमा अहिले सडक र अस्थायी बेलिब्रिज निर्माण व्यवसायीमार्फत निर्माण भइरहेको छ । 

मन्त्रिपरिषद्को गत असोज ५ गतेको निर्णयबाट थप दुई खण्डको जिम्मेवारी सेनालाई दिइएको थियो । दुल्लीकुना–लालिबगर सात किमी र घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला १३ दशमलव पाँच किमी सेनाले गर्ने सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताउनुभयो । सो स्थानभन्दामा आठ सयमिटर माथिबाट सडक रहेको छ ।

 त्यहाँ १८ किमी सडक छ भने नयाँ ट्र्याक नदी नै नदीबाट जाने उहाँले बताउनुभयो । चालू आवमा कालीकोट जिल्लाको खुलालुदेखि सरिसल्लासम्म विभिन्न स्थानमा पहिरो रहेकामा त्यसलाई हटाइसकिएको प्राविधिक सहायक रथी शाहले बताउनुभयो । हुम्लामा नै दुल्लीकुनाबाट लालीबगर सडक खण्डमा सुनाखाडा इलाका क्याम्प स्थापना गर्ने र तीन किमी ट्याक खोल्ने काम सुरु भएको उहाँले बताउनुभयो । 

दुई वर्षभित्रमा ट्र्याक सम्पन्न गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ । घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला खण्डअन्तर्गत बाजुराको भुक्काखोला इलाकामा ट्याक निर्माण सुरु गरिएको छ । भौगोलिक रुपमा विकट र कठीन भूवनोटका कारण निर्माण अघि बढाउनु समस्याका रुपमा रहेको प्राविधिक सहायक रथी शाहले बताउनुभयो । सरिसल्लाामा हुम्ला कर्णाली नदीमा पुल नभएकाले निर्माण सामग्रीको उपलब्धता तथा ढुवानीमा कठिनाइ भएको छ । उहाँले भन्नुभयो, “निर्माण सामग्री, उपकरण तथा हेभिइक्युप्मेन्ट हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था छ ।” 

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको टोली करिडोरको स्थलगत अवलोकनका लागि गत कात्तिक ११ गते पुगेको थियो । 

सांसदलाई पनि स्थानीयवासीले बाँकी खण्डमा निर्माणको जिम्मेवारी सेनालाई नै दिन भनेको सांसद शाहीले जानकारी दिनुभयो । सेनाले ६ वटा बेलिब्रिज निर्माण गत आवभित्रै सम्पन्न भइसकेको छ  । विगतमा खोलिसकिएको हिल्सा–सिमकोट सडक योजनालाई गत  असार ३१ मै हस्तान्तरण गरेको थियो ।  

हिल्सा–सरिसल्ला खण्डअन्र्तगत हेप्का, ताग्रु, सल्ली र यङ्गार गरी चार पुल निर्माणाधीन छन् । खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा दुई बेलिब्रिजको ठेक्का सम्झौता भइसकेको छ । सेनाले हस्तान्तरण गरिसकेको सडकमा सुधारका काम सडक विभागको योजना रहेको भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सडक चौडा तथा सुधार र पक्की पुलका लागि बजेट विनियोजन भएर ठेक्काको तयारी भइरहेको छ । कर्णाली करिडोरको सुरुको विन्दु कालीकोटको खुलालु र अन्तिम विन्दु हुम्लाको सरिसल्ला रहेको छ । कालीकोट ४० किमी, बाजुरा ४४ किमी र हुम्ला ३८ दशमलव ७५ किमी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने