2026-07-26 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षाको माग गर्दै सरिता लामिछानेले गरिन् पत्रकार सम्मेलन (बिज्ञप्ति सहित)

जेठ २२, काठमाडौँ | यहि आउदो जेष्ठ २५ गते शनिबार हुन लागेको चलचित्र कलाकार निर्बाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो पिडा दुखेसो, एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । सरिताको पत्रकार सम्मेलनमा नायिकाहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित भएका थिए । तिनै जना नायिकाले महिला नेतृलाई साथ दिन आग्रह गरे भने सहि व्यक्तिलाई नेतृत्वमा ल्याउन समेत आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा सरिताले आफ्नो एजेन्डा भन्दा बढी आफूले उम्मेदवारी दिएपछि भोगेको पीडा प्रस्तुत गरिन् । २० बर्ष भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेपनि आफूलाई गैह्र कलाकारको आरोप लगाइएको बिषयमा उनले मन दुखेको बताइन् । सरिताको प्रश्न थियो–‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र वेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’ गाडी नम्बर टिप्ने, घर अगाडी आएर घर देखाउने, घर न टिप्ने जस्ता कार्य भईरहेको उनले बताइन ।

उनले आफूलाई गैह्र कलाकार भन्नेहरुलाई नै प्रश्न सोध्दै भनिन्–‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’

उनले चुनावमा हार वा जीत हुने भन्दै आफ्नो प्रतिस्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न नपाउने बताइन् । यस्तै, आफ्नो एजेन्डा सार्वजनिक गर्दै सरिताले चलचित्र कलाकार संघको आफ्नै भवन निर्माण गर्ने बताइन् । उनले भनिन्–‘मलाई भोलीका दिनमा काम नै गर्न दिइएन भने म पत्रकारहरुको अगाडि नै आएर माफी माग्नेछु । तर, मैले काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन हुनेछ ।’

यस्तै, उनले चलचित्र क्षेत्रमा नयाँ र पुराना कलाकारलाई मिलाएर एक ढिक्का बनाउने  बताइन् । सरिताले कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत अन्य धेरै एजेन्डा अगाडि सारेकी छिन् । साथै सम्पूर्ण कलाकार पत्रकारहरुलाई यस अभियानमा साथ् दिन र सत्यलाइ उजागर गर्न समेत आग्रह गरेकी छिन ।

प्रेस विज्ञप्ती हेर्नुहोस : 

आदरणिय सञ्चारकर्मी मित्रहरु

उपस्थितिकालागी हार्दिक नमस्कार ।

उपस्थित अग्रज कलाकार, मेरा शुभचिन्तक र सहयोद्धा मित्रहरुलाई पनि म स्वागत गर्दछु । 

विषय – म माथि हुँदै आएका ज्याजतीका वारेमा जानकारी गराउने उद्धेश्य ।

सञ्चारकर्मी मित्रहरु, यही जेठ २५ मा नेपाल चलचित्र कलाकार संघको चुनावी साधारणसभा हुँदैछ । र, मैले अध्यक्षको रुपमा उम्मेदवारी दिएको समाचार यहाँहरुले प्रकाशित पनि गरिसक्नु भएको छ । चुनावी प्रतिस्पर्धाको तीन दिन अघि म आफ्ना मतदाता भेट्दै र आफ्ना एजेन्डा सुनाउँदै चुनावी माहोल वनाउन सक्रिय हुनुपर्ने वेलामा आफूमाथि भएका ज्याजती सुनाउँदै हिड्नु परिरहेको छ । पत्रकार मित्रहरु, एउटा उम्मेदवारकालागी यो निश्चय नै दुःखद पक्ष हो । तर, म माथि भइरहेका ‘ह्यार्यासमेन्ट’का प्रयासहरु झनै दुःखद छन् । 

मैले भनिरहनु पर्दैन की म दुई दशकदेखि चलचित्रकर्ममा सक्रिय छु । अर्को पेशा नगरी र नसोचिकनै मैले यसै क्षेत्रवाट प्राप्त आम्दानीले गुजारा चलाउँदै आएकि छु । यस क्षेत्रवाट मैले मनग्गे मान–सम्मान र आदर–सत्कार कमाएको महसुस समेत गरेकीछु । 

अभिनय कलाका साथै नेपाल चलचित्र कलाकार संघको महासचिव भएर तीन बर्ष गुजारिसकेको पनि मैले यहाँहरुलाई पक्कै भनिरहनु पर्दैन । मैले सार्वजनिक जीवनमा निर्वाह गरेको भूमीका यिनै दुईवटा हुन् । तर, नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएपछी भने मैले धेरै किसिमका धाकधम्की र बेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्याननै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।  

संघको अध्यक्षमा चुनाव लड्ने निर्णय लिएपछी सिडियो कार्यालयमा सरिता लामिछाने कलाकार नै होइन भनेर मुद्धा हालियो । तीन बर्ष महासचिव म के हैसियतले भए ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ म ती मुद्धावालाहरुलाई सोध्न चाहान्छु ।

अर्को बिडम्बना के छ भने एक पटक सम्पूर्ण प्रमाणहरु पेश गरिसकेपछी फेरि–फेरि उही शैलिका मुद्धा परिरहे सिडियो कार्यालयमा । मैले घर–परिवार, काम सवै छोडेर त्यही अनावश्यक मुद्धाको सामना गरिरहनु प¥यो । बरिष्ठ चलचित्रकर्मीहरु सम्मिलित छानमिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपछी र सिडियो कार्यालयले मलाई ‘क्लिन चिट’ दिइसकेपछी पनि अनेकौं अर्नगल प्रचार र धाकधम्की दिन छोडिएन । ‘नोमिनेशन’ गर्ने दिनमा समेत संघको कार्यालयमा आएर हुलहुज्जत गरियो । निवर्तमान कार्यसमितिमा सदस्य रहेका र सचिवका उम्मेदवार समेत रहेका कलाकारमाथि कुटपिट गरियो । मलाई समेत मनपरी गाली गरियो । र, उल्टै पुलिस बोलाएर हामी माथि लाल्छना लगाईयो । प्रहरीले हामीलाई थाना बोलायो, बयानकालागी  । त्यो दिन पुलिसको पछी लाग्दा लाग्दै सकियो । त्यससँगै पटक पटक र विभिन्न निकायमा चुनाव रोक्नकोलागी र सरिता लामिछानेको उम्मेदवारी खारेज गर्न निवेदन र विभिन्न धम्कीहरु दिईरहियो । 

अध्यक्षमा ‘नोमिनेशन’ गरेसँगै म माथि निगरानी समेत बढाइएको छ । म हिडेपछी मोटरसाइकल मार्फत मुस्तन्डेहरुले पछ्याउन थालेका छन्, घर नै सम्म । अस्तीको दिन साँझ घर नं टिप्न दुईजना आएका थिए । छोटकरीमा भन्दा मलाई प्रत्यक्ष पनि र अप्रत्यक्ष पनि तर्साउने प्रयास भइरहेको छ । 

चुनावमा प्रतिस्पर्धा हुन्छ र रिजल्ट हारजीतमा आउँछ । यो सामान्य प्रक्रिया हो । जो म हृदयदेखि नै स्वीकार्न तयार छु । मैले जित्नै पर्छ भन्ने छैन । तर प्रतिस्पर्धा गर्न पाउने मेरो अधिकार खोस्ने छुट कसैलाई छैन भन्ने मलाई लाग्छ । म राजनीतिलाई सम्मान गर्छु । तर, कलाकार–कलाकारलाई फुटाउने पार्टीगत राजनीति हावी भएको संघ पटक्कै सोच्न सकिदैन ।

पत्रकार मित्रहरु, मलाई के पनि लाग्छ भने ती केही दुसित मानसिकता भएकाहरु एउटी महिला नेतृत्वमा आएको हेर्न चाहादैनन् । आइमाइ हो, तर्साएर खेद्नुपर्छ भन्ने मानसिकताले उनीहरु काम गरिरहेका छन् भन्ने मलाई लाग्छ । मलाई घर वाहिर र भित्र पनि अपराधी बनाउने कोशिस भइरहेको छ, पत्रकार साथीहरु । सिडियो कार्यालय र पुलिसकहाँ धाउँदा छोरीले सोध्छिन् ‘आमा के अपराध गरेऊ’ ? पत्रकार मित्रहरु, भन्नुहोस् म छोरीलाई के जवाफ दिउँ ? घर नेपालगञ्जवाट ८६ बर्षका ससुराबाले यही प्रश्न गर्नुहुन्छ ? झापावाट बुवा–आमाले यसै प्रकारका प्रश्न गर्नुहुन्छ । म क–कस्लाई के जवाफ दिऊँ, मलाई सुझाव चाहियो । के मैले कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिनु नै अपराध हो ? 

अन्त्यमा, प्रजातान्त्रिक प्रक्रिया, मानवअधिकार, महिलाअधिकार र समग्रमा नैसर्गिक अधिकारका सिद्धान्तभन्दा  वाहिर गएर जुन चरित्र र संस्कार एउटा कोणवाट म माथि प्रदर्शन गरिदैछ, त्यसको सामना कसरी गरुँ ? मलाई सुझाव चाहियो । म माथिका यी ज्याजतीलाई म कसरी चिरुँ ? सल्लाह चाहियो । यहाँहरुवाट मैले प्रश्नसँगसँगै सुझाव–सल्लाहको अपेक्षा समेत गरेकीछु । धन्यबाद

सरिता लामिछाने

कलाकार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ