Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दीपकराजको स्टाटस- नयाँ व्यक्ति र शक्तिबीच नै को बढी राष्ट्रवादी प्रतिस्पर्धा चल्यो

२०८०, ८ असार शुक्रबार ०५:०९

असार ८, काठमाडौँ | निर्माता एवं हास्य कलाकार दीपकराज गिरीले पछिल्लो समय एकले अर्कोलाई राष्ट्रघाती र तानाशाह भन्ने प्रवृत्ति देखिएको भन्दै यो भिडन्तको संकेत भएको आशंका जनाएका छन् । यसले भोक र गरिबीलाई एकातिर छाडेर मुद्दा अन्तै मोड्ने जिकिरसमेत गरेका छौं ।

दीपकले दलहरूको वितृष्णाका कारण नयाँ व्यक्ति र शक्ति उदाएको भएपनि उनीहरूबीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् ।

‘नयॉ व्यक्ति र दलहरूको नारा सबैभन्दा पहिला राष्ट्रियता रह्यो, त्यो स्वभाविक पनि हो’, उनले स्टाटस लेख्दै भनेका छन्, ‘हरेक गरिब र कमजोर मूलुकमा सबैभन्दा चांडै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रियता हो । अब यसरी उदाएका शक्तिहरू बीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा नै चलेको छ !’

‘अब हामी देश विकासको लागि होइन, को बढी देशभक्त हो भनेर लड्ने छौं । अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई । पहिला हाम्रा पूर्खा राष्ट्रको लागि विदेशीसँग लडे । अब हामी राष्ट्रियताको नाममा आफूआफू लड्नेछौं । यसबाट जुन पक्षले जिते पनि देशले चाहिँ हार्नेछ’, दीपकले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ