2026-07-25 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले दुई फिचर बन्द गर्ने, कुन-कुन ?

वैशाख २६, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुकले आफ्ना दुईवटा फिचरहरु बन्द गर्ने भएको छ।

फेसबुकले लोकेसन बेस्ड फिचर नियर फ्रेन्डस् एन्ड वेदर अलर्टस् बन्द गर्न लागेको हो। नियर फ्रेन्ड्सबाट प्रयोगकर्ताले फेसबुक साथीहरुको स्थान ट्रयाक र सेअर गर्न सक्छन्।

फेसबुकले बन्द गरिरहेको अर्को फिचर भनेको वेदर अलर्टस सुविधा हो। यसबाट प्रयोगकर्तालाई मौसमको जानकारी दिइन्छ। 

फेसबुकले जारी गरेको सूचनाअनुसार यी दुवै फिचरले ३१ मेपछि काम गर्ने छैनन्।

सामाजिक सञ्जाल प्लेटफर्मले यो पनि भनेको छ कि प्रयोगकर्ताले जुन लोकसन हिस्ट्री सेयरअ गरेका छन्, त्यो १ अगस्टसम्म मात्र हेर्न र डाउनलोड गर्न सकिन्छ। त्यसपछि यसलाई सर्भरबाट डिलिट गरिने कम्पनीले जनाएको छ।

फेसबुकले मे ३१ देखि यी फिचरहरुका लागि ट्रयाकिङ र लोकेसनको जानकारी संकलन बन्द गर्ने पनि जनाएको छ। यसको मतलब कम्पनीले लोकेसन जानकारी संकलन गर्दैन भन्ने होइन।

फेसबुकले अन्य फिचरहरुका लागि लोकेसन हिस्ट्रीलाई निरन्तर संकलन गरिने जनाएको छ। यद्यपि कम्पनीले कुन फिचरका लागि लोकेसन हिस्ट्री संकलन गरिनेछ भन्नेबारे स्पष्ट पारेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक