सोमबार सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदै कारोबार ?

साझासवाल
1 Min Read

मङ्सिर ५, काठमाडौँ | नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुन ९८ हजार १०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ६०० रुपैयाँमा किबनेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

Share This Article
Leave a Comment

Leave a Reply