२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ त्रिशुली दुर्घटनामा पौडिएर बाँचेका मनोजकुमारको बयान

२०७४, ११ कार्तिक शनिबार १६:२८

कात्तिक ११, धादिङ | धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेँसीको बाङ्गेबाट आज एकाबिहानै त्रिशुली नदीमा यात्रु बस खस्यो । बस नदीमा खस्दा अहिलेसम्म ३१ जनाको ज्यान गएको छ भने १६ जना घाइते छन् । त्यस्तै बाँकीको अवस्था अज्ञात छ । बसमा ५५ जना जति यात्रु भएको बताइएको छ । नदीमा डुबेको बसलाई साँझ मात्र क्रेनको सहायताले बाहिर निकालिएको थियो ।


बस दुर्घटना भएपछी नदीमा पौडिएर बाँचेका भारत मधुबनीका मनोजकुमार ठाकुरका अनुसार बसमा छठ मनाएर आएका ५५ जना भन्दा बढी यात्रु थिए । सप्तरी राजविराजबाट छुटेको बसमा हेटौडा आएपछि अर्को बसको यात्रु पनि थपिएको थियो । हेटौडामा आएपछि गाडीको पट्टा भाँचिएपछि सोही कम्पनीको ना ६ ख १४६७ नम्बरको बसमा यात्रुलाई पल्टी गरेको थियो । 

ठाकुरले बताए अनुसार बसको गति तीब्र हुनुनै दुर्घटनाको मुख्य कारण हो । अत्याधिक गतिसँगै हेटौडाबाट थपिएको यात्रूले गाड़ी खचाखच भरिएको थियो । बसको सिटमा बस्नेहरुले समेत गाडी तिब्र गतिमा नचलाउन आग्रह गरेका थिए तर ड्राइभरले यात्रुको आग्रहलाई मतलब गरेनन् । ठाकुरले बताए अनुसार यात्रुहरु आफ्नो सिटमा बस्न सक्ने अवस्था थिएन । स्पीड धेरै थियो । यात्रूहरु यता/उता ठोक्किईरहेका थिए । ठाकुरका अनुसार धेरै मानिसहरु एउटै परिवारका थिए । उनको श्रीमती ममतादेवीको मृत्यु भयो । छोरो मनिष ठाकुर अझै बेपत्ता छन् । ठाकुर आफै घाइते छन् । घाइते भएका ठाकुर दुर्घटना पछी नदीमा पौडी खेलेर बाहिर निस्किएका थिए । 

दुर्घटनामा परेर तिलाठीका पण्डित रमानाथ झाको परिवारका पाँच सदस्य र एक आफन्तको मृत्यु भएको छ । उनका छोरा संजीतकुमार झा, बुहारी सिमी, १० बर्षीय नाती अभिनव र छोरा अन्जितको ज्यान गएको छ ।

यस्तै संजीतका सालो बिटुको पनि दुर्घटनामा निधन भएको छ । संजीतका ४ वर्षिय छोरा प्रतिक र साली पूजाकुमारी झा अझै वेपता छन् ।

यस्तै बोदेबरर्साइन नपा ३ फुलहारा निवासी शिक्षक चतुरनारायण प्रमाणीका चार छोरीको निधन भएको छ । छठ पर्व मनाएर काठमाडौं फर्किँदै गरेका चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखाको निधन भएको हो ।

बोदे बरसाइनकै दुर्गानन्द यादव परिवारका ४ सदस्य तथा कृष्णाश्रवरणका योगेन्द्र यादवकी श्रीमती र छोरीको पनि दुर्घटनामा ज्यान गएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको थियो ।

घाइतेमध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह