फागुन २८, काठमाडौँ | त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको हो ।

ढाकाबाट आएको ड्यास–८ विमान आज दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवेबाट चिप्लिएर बाहिर गएको हो । बिमानमा आगो लागेको छ । दुर्घटनामा घाइते यात्रुहरुलाई उद्दार गर्न तत्काल खटिएको सुरक्षाकर्मीहरुले केहिलाई उद्दार गरि अस्पताल ल्याउने काम गरिरहेका छन् ।

महानगरिय प्रहरी आयुक्तको कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीले बताए अनुसार अहिलेसम्म १४ घाइतको उद्धार भएको छ ।

तश्विर: सुरज दाहाल

थप विवरण आउन बाँकी छ ।