2026-09-08 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मकवानपुरमा महिलामैत्री हाते ट्र्याक्टर वितरण

फागुन २८, हेटाँैडा | मकवानपुरको मार्खु र फाखेलका कृषक समूहलाई सातवटा हाते ट्र्याक्टर वितरण गरिएकोे छ । 

महिला कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्र्याक्टर वितरण गरिएको हो । 

मार्खुमा तीन र फाखेलमा चारवटा ट्र्याक्टर इन्द्रसरोवर कृषि सहकारी संस्था र कृषक समूहलाई वितरण गरिएको छ । नारी सीप सिर्जना केन्द्र मकवानपुरले अक्सफाम नेपालसँगको साझेदारीमा सञ्चालित मकवानपुर जीविकोपार्जन पुर्नउत्थान परियोजनाअन्तर्गत ट्र्याक्टर वितरण गरेको हो । 

इन्द्रसरोवर गाउँपालिका–१ का वडाध्यक्ष जमानसिंह वाइवाको प्रमुख अतिथ्य तथा इन्द्रसरोवर कृषि सहकारीका सचिव सानु लामाको अध्यक्षतामा मार्खुमा वितरण गरिएको हो । 

त्यस्तै फाखेलमा गरिएको वितरण कार्यक्रम इन्द्रसरोवर–४ का वडाध्यक्ष धनवीर स्याङ्तानको प्रमुख अतिथ्यतामा गरिएको थियो । दुवै कार्यक्रममा नारी सीप सिर्जना केन्द्रकी उपाध्यक्ष गणेशकुमारी श्रेष्ठलगायतको अतिथ्यता रहेको थियो । 

मकवानपुरको भूकम्प प्रभावित साविक गाउँ विकास समितिहरु चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, नामटार, भार्ता र कालिकाटार गरी आठ गाविस परियोजनाको कार्यक्षेत्र रहेको छ । परियोजनाअन्तर्गत अन्य छ कार्यक्षेत्रमा समेत गरी २१ थान ट्र्याक्टर वितरण गरिने कार्यक्रम संयोजक राजेन्द्र ढकालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग