असार २४, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । भुसाललाई अघिल्लो सरकारले राजनीतिक नियुक्ति दिएको थियो । उनको नियुक्ति बदर गर्ने निर्णय सरकारले लिएसंगै आजैदेखि आफ्नो पदमुक्त हुनेछन् ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार बेलुका प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराएको थियो ।

नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए । भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत हुन् ।

तीन वर्षको अवधिमा प्राधिकरणको नेतृत्व चार पटकसम्म फेरिइसकेको छ । अब पाँचौ सीईओ नियुक्तिको तयारीमा सरकार लागेको छ । यसका लागि आजै मन्त्रिपरिषद बैठक बस्दै छ ।