२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेता प्रदिप गिरी मार्क्सवादका किरा रैछनः नेकपा कार्यकर्ता

२०७५, २४ असार आईतवार ०५:४७

प्रेम सुनार | असार २४, गुल्मी | ५ नम्वर प्रदेशभरका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादका किरा नै रहेको भन्दै प्रशंसा गरेका छन । कार्लमाक्सको २ सतवार्षिकी अवसरमा नेपालगञ्जमा शनिवार सम्पन्न माक्र्सवाद विचार गोष्ठीमा सहभागी ५ नम्वर प्रदेशका  अधिकांस नेपाल कम्युनिट पार्टीका नेता कार्यकर्ताहरुले  प्रशिक्षण दिने मध्येका नेताहरु मध्ये कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादको बढि ज्ञाता रहेको भन्दै प्रशंसा गरेका हुन ।

दुई दिन सम्म नेपालगञ्जमा चलेको उक्त विचार गोष्ठीमा सहभागी नेकपाका गुल्मीका कार्यकर्ता तथा तत्कालिन एमाले जिल्ला सचिवालय सदस्य नरेश भण्डारीले भने हाम्रा नेताहरु भन्दा कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादको बारेमा बढि र्नै ज्ञाता रहेको हामीले पायौं । कांग्रेस नेता गिरीले हाम्रा अरु नेता कार्यकर्ताहरुलाई पनि माक्र्सवादवारे प्रशिक्षण दिनु पर्ने उनको भनाई छ ।

उक्त विचार गोष्ठीको  नेकपाका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए । कार्यक्रममा  कम्युनिष्टहरुका वरिष्ठ नेता मोहनविक्रम सिंहले पनि प्रशिक्षण दिएका थिए । त्यस्तै नेकपाका नेता घनश्याम भुसाल, राम कार्की , मोदनाथ प्रश्रितका छोरा विजय पौड्याल लगायत पनि वक्ताका रुपमा सहभागी थिए ।

तस्वीरमा: कार्यक्रममा सहभागीहरु । 

ति कम्युनिष्ट नेताहरुको भन्दा उत्कृष्ट प्रशिक्षण कांग्रेस नेता  गिरीको लागेको अर्का कम्युनिष्ट कार्यकर्ता तथा तत्कालिन माओवादी केन्द्र गुल्मीका सहसंयोजक युवराज केसीले पनि  बताए । 

उहाँ पहिल्लै देखि माक्र्सवादका विद्यार्थी नै हो, केसीले भने त्यस गोष्ठीका धेरै वक्ताहरु मध्ये कांग्रेस नेता गिरीको प्रशिक्षण उत्कृष्ट थियो । नेता  गिरीले माक्र्सवादलाई विपीले समेत मानेको , यो विचार संग कोही तटस्थ बस्ने नसक्ने  धारणा समेत राखेको भण्डारीले बताए ।  उक्त विचार गोष्ठीमा नेकपाका नेता ठाकुर गैरेको अध्यक्षता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप