भदौं १८, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परि एक जना वेपत्ता भएका छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्‍याएको छ ।

पहिरोका कारण ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमति विमला मगर छो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं १८, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परि एक जना वेपत्ता भएका छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्‍याएको छ ।

पहिरोका कारण ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमति विमला मगर छो"/>

2026-07-05 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा पहिरोको कारण तीनको मृत्यु, एक वेपत्ता

भदौं १८, ताप्लेजुङ । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ । 

अन्य क्षेत्रको पहिरामा परी एक महिला बेपत्ता भएकी छन् भने अर्की एक महिला घाइते भएकी छन् । घरभित्रै पुरिएर मृत्यु हुनेमा टीका मगरकी श्रीमती विमला, छोरा मनोज र ललित छन् । उनीहरु घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरो झरेर घर भत्काएको थियो । राति नै पहिराले घर भत्किएको स्थानीयवासीले थाहा पाए पनि रातको समयमा भीषण वर्षाकै कारण उद्धार हुन सकेको थिएन । उनीहरुको शव अहिले बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निकालेको प्रजिअ चक्रपाणि पाण्डेले जानकारी दिनुभयो । 

यस्तै ताप्लेजुङ नगरपालिका–८ मा पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । नाम नखुलेकी माइली सुब्बा भनेर चिनिने महिला बेपत्ता भएकी हुन् भने उनीसँगै बस्दै आएकी कान्छी सुब्बा भनेर चिनिने अर्की महिला घाइते भएकी छन् । 

पहिराका कारण त्यहाँका दर्जनौँ घरमा क्षति पुगेको छ । ठाउँ ठाउँमा पहिरो झरेपछि मेची राजमार्ग समेत अवरुद्ध बनेको छ । पहिराका कारण नगरपालिका–८ का भुवानीशङ्कर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगतबहादुर मगर, गुरुप्रसाद विक, सोमबहादुर विक र गङ्गामाया भट्टराईको घरमा क्षति पुगेको छ । 

यस्तै नगरपालिका–२ केनिममा नेत्रप्रसाद भट्टराईसहित अन्य छ घरमा पहिराले क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । सोही क्षेत्रमा नै पर्ने अँधेरी भन्ने ठाउँमा दुवैतर्फ पहिरो झरेपछि त्यहाँका तीन परिवार सुरक्षित स्थानमा निस्कन नसकेको बताइएको छ , 

गए राति करिब १ बजेदेखि झरेको पहिराले नगरपालिका–९ सदरमुकाम नजिकैको कफी हाउस क्षेत्रका १० घरमा समेत क्षति पु¥याएको स्थानीयवासी गणेश नेपालले बताउनुभयो । सो स्थानका बासिन्दा अहिले सुरक्षित छन् । 

पहिराले ती स्थानका बासिन्दाका गाई, भैँसी लगायत घरमा क्षति पु¥याए पनि मानवीय क्षति भएको खबर भने नआएको प्रजिअ चक्रपाणि पाण्डेले बताउनुभयो । 

पहिरोग्रस्त क्षेत्रमा पुग्न सडक अवरुद्ध रहेकाले उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली अहिले परिचालन गरिएको छ । पहिरो गएका कारण स्थानीयावासी रातभर सुरक्षित स्थानमा जाग्राम बसेका थिए । अहिले पनि त्यस क्षेत्रमा वर्षा जारी छ भने पहिरो पनि झरिरहेको स्थानीयवासीले टेलिफोन मार्फत बताएका छन् । 

उद्धार गर्न कठिनाइ भएका क्षेत्रको पहिचान गरी ती क्षेत्रमा रहेका बासिन्दा उद्धार गर्न थप उपायका बारेमा सोचिरहेको र अहिले पनि सुरक्षा निकायका सबै संयन्त्रबाट र स्थानीयवासीबाट उद्धार गर्ने कार्य जारी रहेको प्रजिअ पाण्डेको भनाइ छ । 

पहिराले धेरैका घरमा क्षति पु¥याएसँगै दर्जनौ पशु चौपाया बगाएको छ भने खेतबारी नै बगाएपछि नगरपालिकावासीमा रुवाबासी नै चलेको छ । नगरपालिका –२ र ८ का विभिन्न क्षेत्रमा अहिले वर्षा रोकिए पनि पहिरो झर्ने क्रम भने अझै नरोकिएको स्थानीयवासी रुपनारायण भट्टराईले बताउनुभयो । थप विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै