2026-06-20 05:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशमा अलपत्र ५११ नेपालीको उद्धार’

जेठ ३०, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।  

अहिलेसम्म म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट १६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी पछिल्लो समय ५११ जनालाई उद्धार गरिसकिएको सङ्घले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणपछि महिला, बालबालिकालगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली सङघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनसीसी, कुवेत र युएईलाई छ हजार डलर सहयोग गरेको थियो ।

अध्यक्ष पन्तले  बाँकी अन्य नेपालीको उद्धारका लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । विभिन्न मुलुकबाट कूल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चार्टर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोभिड–१९ को प्रभावका कारणले मलेशिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा छन् ।   

यस्तै सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोभिड–१९ को ठूलो प्रभाव रहेका ११ मुलुकमा सङ्घले करिब रु ७० लाख आर्थिक सहयोग गरेको छ । यसअघि गैरआवासीय नेपाली सङ्घले अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखा (राष्ट्रिय समन्वय परिषद्) लाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ