कमल सुबेदी | असोज २९, पोखरा | नेपालीहरुको महान चाड विजया दशमीको आज अन्तिम दिन पोखराको ताल बाराही मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको छ । आज दशैको अन्तिम द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी | असोज २९, पोखरा | नेपालीहरुको महान चाड विजया दशमीको आज अन्तिम दिन पोखराको ताल बाराही मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको छ । आज दशैको अन्तिम द"/>

2026-07-06 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराको तालबाराही मन्दिरमा एकैदिन तिस हजारले गरे दर्शन (फोटो सहित)


कमल सुबेदी | असोज २९, पोखरा | नेपालीहरुको महान चाड विजया दशमीको आज अन्तिम दिन पोखराको ताल बाराही मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको छ । आज दशैको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन घटस्थापनाको दिनमा राखेको जमरा आज विधिपुर्वक बिसर्जन समेत गरिएको छ ।

वडादशैको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा पोखराका विभिन्न शक्तिपिठहरुमा दर्शनार्थीको घुइचो लागेको छ । आज ताल बाराही मन्दिरमा ३० हजार दर्शनार्थीले मन्दिरमा पुजा गरेर फर्किएको ताल बाराही मन्दिर ब्यबस्थापन समितिले जानाकारी दिएको छ । ताल बाराही सगै पोखराको 

विन्ध्यावासिनी, भद्रकाली लगाएतका मन्दिरहरुमा दर्शन गर्ने दर्शनार्थीहरुको ठुलो भिड लागेको थियो । ताल वाराही मन्दिरमा दर्शनार्थीको घुइचो लाग्दा डुंगा ब्यवसायीलाई डुंगा ब्यवस्थापन गर्न गाह्रो भएको फेवाताल डुंगा ब्यवसायी समितिका उपाध्यक्ष बत्ती प्रसाद गुरुङ्गले जानाकारी दिए । दर्शनार्थीहरुको लागि ३५ वटा डुंगा लाई परिचालन गरि सेवा दिएको उनले बताए । 


मन्दिर दर्शनको लागि जाने आउने दर्शनार्थीको भिडले वाराही घाटका डुंगाहरु विहानै निकै ब्यतालको ब्यस्त देखिन्थे । तालको विचमा रहेको मन्दिर दर्शनको लागि पुगेका दर्शनार्थीको  सुरक्षाको लागि सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको थियो । कोजाग्रत पुर्णिमाको अबसर पारेर  बाराही घाटमा एक दिने मेला समेत लागेको थियो । मेलामा घरयासी सामानहरु किन्नको लागि सर्बसाधारणहरको बाक्लो उपस्थित रहेको थियो । साथै फेवाताल किनारमा  फेवा डुंगा ब्यवसायी समितिले राखेको पिङमा सर्बसाधारणहरु पिङ खेलेर मजा लिइरहेको देख्न सकिन्थ्यो । पर्यटकिय क्षेत्र पोखरामा बेला बेलामा हुने मेला महोत्सवले रमाइलो सगै आर्थिक क्षेत्र चलायमान हुने जानाकारहरु बताउछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा