2026-09-25 11:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अन्तिम श्रम स्वीकृति खोल्ने तर कुटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण किन नहुने ?’

मङ्सिर ७, काठमाडौं । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले विदेशस्थित कुटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण कार्य तत्काल सुचारु गर्न माग गरेको छ । एकातिर अन्तिम श्रम स्वीकृति सुचारु गर्ने अर्कोतिर सम्बन्धित श्रोत मुलुककको नियम पुरा गर्दा समेत मागपत्र प्रमाणीकरण नभएको भन्दै एसोसिएसनले तत्काल मागपत्र प्रमाणीकरण सुचारु गर्न माग गरेको छ ।

‘केहि समय देखि नेपाल कै अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरि भिजिट भिसा मार्फत नेपाली कामदारहरु कामका लागि विदेश प्रस्थान गरेका, केहि कम्पनी हरुको नाम सहित ‘ कतार सिण्डिकेट’ तथा मागपत्र प्रमाणीकरणमा ढिलाई जस्ता शीर्षकमा विभिन्न माध्यमहरु बाट आएका समाचार प्रति यस ” नेपाल लोकत्रान्त्रिक  वैदेशिक रोजगार व्यवसायी एसोसिएसन” को गम्भीर ध्यानाकर्षण भएको छ’   एसोसिएसन अध्यक्ष नरेन्द्र प्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अन्तिम श्रम स्वीकृति र वैदेशिक रोजगार बीमा प्राप्त नगरी विदेश जाँदा/पठाउदा कामदारहरुलाई कुनै भवितब्य पर्न गएमा कुनै पनि क्षतिपुर्ती पाउने कानुनी प्रावधान नभएकोले ठगिमा पर्ने अधिक सम्भावना हुने भन्दै  एसोसिएसनले ऐन,नियम विपरितका कार्यलाई निरुत्साहित गर्न सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु एकजुट हुनुपर्ने बताएको छ । यदि कहिँकतै यस्ता कार्यहरुलाई प्रोत्साहन गरेको पाइएमा त्यस्ता संस्थाहरु यस एसोसिएसनको सदस्य रहन नसक्ने एसोसिएसनले जनाएको छ  ।

वैदेशिक रोजगार व्यवसायमा कुनै प्रकारको एकाधिकार र अप्राकृतिक मिलेमोतो जस्ता घृणित कार्यहरु यस एसोसिएसनलाई सह्य नहुने र यस्ता प्रकारका काम व्यवसायी, कामदार र सरकारकै अहित हुने कार्यमा संलग्न जो कोहि पनि कारबाहीको दयारा भित्र आउनु पर्ने एसोसिएसनले ठहर गरेको छ।  

‘विदेशस्थित रोजगारदाता कम्पनीहरुले कतिपय मुलुकहरुबाट कामदार लैजाने प्रक्रिया सुरु गर्दा समेत त्यहा स्थित नेपाली दुतावास हरुले मागपत्र प्रमाणीकरण नगर्नुको कारण के हो ? मुलुकको लागि वैदेशिक रोजगार आवश्यक हो कि होइन ? कि वैदेशिक रोजगार नीतिमा परिवर्तन हुन लागेको त होइन ?’ भन्दै एसोसिएसनले सरकारसंग जवाफ मागेको छ ।

दिनानुदिन बढ्दै गएका बेरोजगार हरुको संख्या र वैदेशिक रोजगार ब्यवसायी हरुको मनोबल खस्कदै गएकोले संवेदनशील एवं अनिर्णित विषयहरुमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक  रोजगार विभागसंग अबिलम्ब छलफल गरि उचित निकास निकाल्नको लागि  नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई यस ” नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यबसायी एसोसिएसन ” जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक