2026-10-12 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार ३६ अंकले घट्यो

 वैशाख ७, काठमाडौं | नेप्से परिसूचक बुधबार एकैदिन ३६ दशमलव ७३ अंकले ओरालो लागेको छ । एकैदिन १.५३ प्रतिशतले घटेको नेप्से २३ सय २० अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा सेन्सेटिभ इन्डेक्स ६ दशमलव ६९ अंकले घटेर चार सय ८१ दशमलव ८ अंकमा पुगेको छ ।  मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको हो । नेप्से परिसूचक साताको पहिलो दिन आइतबार र सोमबार पनि ओरालो लागेको थियो । 

मंगलबार नेप्से १३ दशमलब ६७  अंकले बढेर २३ सय ५७ दशमलव २५ अंकमा पुगेको थियो  ।  नेप्सेमा बुधबार ३५ लाख ७० हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

बजारमा १९९ कम्पनीका सेयरधनीले  गुमाएका छन् भने २० कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । निरन्तर सकारात्मक सर्किट लाग्दै आएको नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा बुधबार १० प्रतिशतको नकारात्मक सर्किट लागेर घटेको छ । 

नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य  ३०१ रुपैयाँ घटेर दुई हजार ७१० रुपैयाँ पुगेको छ । बजारमा जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशत बढेर कारोबार भएको छ । 

सर्किट लागेका ग्रीन भेन्चर लिमिटेडको सेयर २९ रुपैया बढेर ३२८ रुपैया पुगेको छ भने जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५८ रुपैयाँ ६४५ रुपैया पुगेको छ ।  

नेप्सेमा बुधबार नेस्डो लघुवित्त एनआईसी एसिया सिद्धार्थ  बैंक  र अरुण भ्याली हाइड्रोपावर कम्पनी को सेयर  सबैभन्दा धेरै कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु