2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको नेलम काउन्टीबाट सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री सहयोग

साउन २६, सिन्धुपाल्चोक । कोरोना महामारीको समयमा चीनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो सहयोग गर्ने भएको छ । बुधबार मितेरी पुलमा सो सहयोग सामग्री हस्तान्तरण गर्ने भएको हो ।

तिब्बतको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार ८०० पिपिई सेटसहित पाँच हजार मेडिकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गर्ने भएको छ । यससँगै नेलम काउन्टीले पञ्जा दुई हजार, आइसोलेसन माक्स दुई हजार थान र एन नाइन्टीफाइभ मास्क  दिने भएको छ । साथै मेडिकल मास्क पनि पाँच हजार थान दिने भएको छ ।

चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगका लागि भिटिएम दुई हजार र पिसिआर रिएजेन्ट दुई हजार थान सहयोग गर्ने भएको छ । जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेको अवस्थामा नेलम काउन्टीले गर्ने यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोगमध्येकै ठूलो सहयोग रहेको उहाँले बताउनुभयो ।

प्रजिअ ढकालका अनुसार बुधबार मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रक्रिया पूरा गर्न र त्यसलाई निर्मलीकरण गर्नसमेत एकदुई दिन लाग्नेछ । त्यसपछि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, चौताराको स्टोरमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा आवश्यक परेको ठाउँमा उपलब्ध गराउने छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक