Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धनगढी ‘लकडाउन’

By साझासवाल 3 मिनेट पढाइ

<p><b>साउन २६, लहान ।</b> सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ ।&nbsp;<br></p><p>छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो । भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण देखिएकाले समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सङ्क्रमण फैलिन नदिन लकडाउन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले जानकारी दिनुभयो ।</p><p>लकडाउनको अवधिभर अत्यावश्यक सेवाबाहेक हाटबजार क्षेत्र पसल, होटल र निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने जनाउँदै यहाँको लहान, गोलबजार, मिर्चैया र सिरहा नगरपालिकाले यसअघि नै यही साउन ३२ सम्म लकडाउन जारी गरिसकेको छन् । रासस&nbsp;</p>