2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकका पहिरा विस्थापितको माग :राहत र पुनस्थापना

साउन २६, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ स्थित सानो नाम्फाका पहिरो विस्थापितले तत्काल राहत र पुनस्र्थापनाको पहल गरिदिन माग गरेका छन् ।  गत असार २६ गते राति गएको भीषण पहिराबाट पूर्ण रुपमा विस्थापित २९ घरपरिवारले आफूहरुलाई स्थानीय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका हुन् । आइतबार अनुगमन र सहजीकरणका लागि पुगेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटासहितको पार्टी प्रतिनिधिसँग स्थानीयवासीले आफ्नो समस्या पोखेका हुन् ।

पहिरापछि सानो नाम्फाका २९ घरपरिवार ठूलो नाम्फामा अर्काको बारीमा अस्थायी टेन्ट हालेर बसेका छन् । त्यहाँ पनि सञ्चगाउँको ठूलो ढुङ्गा जुनसुकै बेला खसेर समस्या हुन सक्ने भन्दै विस्थापित चिन्तित छन् । २०७२ सालमा गएको भूकम्पले बस्ती पूरै क्षति भएपछि सरकारले दिएको राहतको सदुपयोग गर्दै उनीहरुले घर बनाएका थिए । घरमा बसेको बर्ष बित्न नपाउँदै बस्तीको दुवैतर्फ पहिरा गएपछि र घरहरुको बीचबीचमा समेत चिरा परेपछि उनीहरु थातथलो छोड्न बाध्य भएका हुन् । आइतबार भएको छलफलमा विस्थापितले तत्कालका लागि राहतका साथै स्थायी बसोबासको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरुले हाइड्रोपावरले समेत सुरुङ खन्ने क्रममा लापरबाही गरेको दाबी गर्दै क्षतिपूर्तिको माग गरे ।

छलफलमा नेता सापकोटाले आफूहरु हरेक विपत्तिमा जनतासँगै रहेको स्पष्ट गर्दै यस पटक पनि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सञ्चगाउँको ठूलो ढुङ्गा व्यवस्थापन गरिने बताउँदै हाइड्रोपावर सम्बद्ध अधिकारीहरुसँग पनि छलफलका लागि सहजीकरण गरिने बताउनुभयो । उहाँले पीडितको मागलाई सम्बोधन गर्न हाइड्रोपावर र सरकारसँग छिट्टै छलफल गरिने प्रतिबद्धता दोहोर्याउनुभयो ।

स्थानीय विस्थापितहरुसँग भएको छलफलमा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधसहित नेकपा जुगल गाउँपालिकाका अध्यक्ष पदम श्रेष्ठ, सहइन्चार्ज रेशम स्याङ्बो, सचिव लक्ष्मण दोङ, नेता जेपी सिलवाललगायत सहभागी हुनुभएको थियो । छलफलका सहभागीले दुःखका बेला सम्झेकामा नेतृत्वलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना मागबारे गम्भीर भइदिन विशेष आग्रह गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई