2026-09-24 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोप पठाईदिने भन्दै ४ करोड बढी ठगी गर्ने भट्टराईविरुद्व मुद्दा दायर

वैशाख २५, काठमाडौ | युरोपका विभिन्न मुलुकमा रोजगारीको लागि पठाईदिने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक सञ्चालकविरुद्ध मुद्दा दायर गरेकोे छ । विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एण्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व न्यायाधिकरण मुद्दा दायर गरेकोे हो।

विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेख बहादुर गुरुङ र सुनिल लम्साललाई पनि ठगी मुद्दामा विपक्षी बनाएको छ । उनीहरूलाई विभागमा खटिएको नेपाल प्रहरीको डिएसपी  कमाण्डको टोलीले गत चैत २८ गते पक्राउ गरेको थियोे ।

विभागले दिएको जानकारी अनुसार उनीहरुले पोर्चुगल, स्पेन र फ्रान्ससहितका अन्य मुलुकमा वैदेशिक रोजगारमा लैजाने भन्दै प्रतिव्यक्ति १७ लाख ९२ हजार रूपैयाँसम्म ठगी गरेकोे जानकारी दिए।

२२ जनाबाट असुली गरेकोे २ करोड ८८ लाख ४१ हजार ७ सय र त्यसको ५० प्रतिशत हर्जनासहित ४ करोड २३ लाख ५० रूपैयाँ विगो कायम गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम