असोज २५, काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीले प्रेम सम्बन्धलाई लामो समयसम्म गुपचुप राखे । तर टीभी शो कफी विथ करणको सातौं सिजनमा यी दुईबीचको सम्बन्ध मित्रताभन्दा माथि छ भन्ने कुराको खुलासा भयो ।

यी दुईबीच विवाह हुँदैछ भन्ने खबरको अपेक्षा पहिल्यैदेखि हुँदै थियो । यहीबीचमा सन् २०२३ को अप्रिल महिना अर्थात् चैतमा यी दुईबीच विवाह हुने खबर छ ।

सन् २०१८ मा पहिलोपटक यी दुईबीच ‘लस्ट स्टोरिज’ फिल्मको पार्टीमा पहिलोपटक भेट भएको थियो । फिल्म ‘शेरशाह’मा यी दुईको अनस्क्रिन केमेस्ट्री जीवन्त प्रतिविम्बित भएको थियो ।

शाहिद कपुर र करण जोहर यी दुईबीचको बिहेलाई लिएर निकै उत्साहित छन् । बलिउड लाइफ म्यागजिनका अनुसार यी दुईबीच गोप्य रुपमै बिहेको तयारी भएको छ । निकट परिवार र आफन्तको उपस्थितिमा वैवाहिक कार्यक्रमको योजना बनाइएको छ । बलिउडबाट खासै धेरै जनालाई निम्तो नगरिने र सिद्धार्थको परिवार तथा नातेदारको उपस्थितिमा दिल्लीमा विवाह हुने जनाएको छ ।

सुरुमा उनीहरुले कोट म्यारिज गर्नेछन् अनि बिहे रिसेप्सन पार्टीको आयोजना गर्नेछन् ।