१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी पनि औलो रोगको जोखिममा

१७ बैशाख २०७५, सोमबार ०५:२४

वैशाख १७ बैतडी | प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ । 

पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । 

जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा औलोका बिरामी फेला परेका छन् । उहाँले भन्नुभयो “विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो ।” 

चालू आव ती क्षेत्रमा अहिलेसम्म २९ जना औलोका बिरामी फेला परिसकेका छन् । गर्मीको समयमा औलोका बिरामी बढ्ने भएकाले यो संख्या अझै बढ्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहाडी क्षेत्रमा लामखुट्टेको वृद्धि भएसँगै औलोका बिरामी पनि देखिन थालेका छन् । 

तल्लोस्वराड क्षेत्रमा औलो देखिएपछि गर्भवतीलाई निःशुल्करुपमा झुल वितरण गर्ने काम भइरहेको हेल्थ असिष्टेन्ट पाण्डेयले जानकारी दिनुभयो । औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ । यसका लागि झुलको प्रयोग गर्नुपर्ने, आफ्नो घर वरिपरिको वातावरण सफा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली