2026-09-19 06:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर, ग्रामीण विकास पढ्ने रहर

मंसिर १७, काठमाडौं, न्युज कारखाना | नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । 

आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले न्युज कारखानालाई जानकारी दिइन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, न्युज कारखानासँग भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’ 

गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’ 

किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् । 

यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई