2026-10-09 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी सलमान खान २ दिनमै जेलबाट छुटे, अब के हुन्छ ?

चैत २४, काठमाडौँ | बिहिबार कृष्णसार सिकारको मुद्धामा जेल परेका बलिउड नायक सलमान खान जेलबाट २ दिनमै छुटेका छन् । सेशन जज (रूरल) रविंद्र कुमार जोशीले आज ३ बजे २५/२५ हजारको मुचुल्कामा सलमानलाई सशर्त जमानत दिएको हो । सलमान जेलबाट छुटेको खबर पाए लगत्तै अदालतको बाहिर पुगेका सलमानका समर्थकहरुले खुसियालीमा रमाइलो गरेका छन् । ३ बजे अदालतले जमानत दिएपछी सलमान आज बेलुका साढे ५ बजे जेलबाट छुटेका हुन् । यस अघि सलमानलाई ५ बर्षको लागि सजाय सुनाईएको थियो ।

सलमानको जमानतको खबर सुन्न उनका समर्थकहरुको ४.५ किलोमिटर लामो सडकको दुवैतर्फ भरिएका थिए | सलमान छुटेपछि उनीहरुले सलमानको समर्थनमा खुसियाली समेत मनाएका छन् | जेलको प्रक्रिया पुरा गरि सलमान कडा सुरक्षामा एयरपोर्टसम्म पुगेका थिए । कालो टी-शर्ट र कालो टोपीमा सलमानसँग उनको बडीगार्ड शेरा कारमा अघिल्लो सिटमा बसेका थिए । जोधपुर एएरपोर्टसम्मको करीब ४.५ किलोमीटर लामो सडकको दुवैतर्फ समर्थकको बीचमा सलमान एएरपोर्ट पुगेका थिए । बाक्लो भिडमा प्रहरीलाई सुरक्षा दिन निकै मुश्किल परेको थियो ।

अब के हुन्छ ?

सलमान दुईदिनमै जेलबाट छुटे पछी अब उनलाई फेरी यो मुद्धामा जेल आउनुपर्छ क्लि पर्दैन भन्ने धेरैको जिज्ञाशा छ, विश्नोई समाजका वकील महीपाल विश्नोईले बताए अनुसार, “सलमान खानलाई २५-२५ हजारको मुचुल्का भर्न आदेश दिईएको छ । उनि अदालतको इजाजत बिना अब भारत छोडेर बाहिर जान पाउनेछैनन् । उनले अब ७ मे का दिन आफै अदालतमा पुग्नुपर्ने हुन्छ ।”

सलमानका वकील महेश बोड़ाका अनुसार २० बर्षदेखि जारी यस मुद्धामा सलमान संधै जमानतमा रहेका छन् । उनले संधै अदालतको आदेश पालन गरेका छन् र जब अदालतले बोलाउँछ तब हाजिर भएका छन् । यसैले उनलाई जमानत दिईएको हो । यस अघिनै पोष्टमार्टम रिपोर्ट तथा अन्य कारण सलमान हरिण मार्नमा दोषी सावित भईसकेकाले सलमानलाई फेरी पनि दोषीनै मानिन्छ । त्यसैले उनलाई फेरी जेल हाल्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने