Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बैतडीमा किशोरीलाई सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ

By kit

माघ १, बैतडी | बैतडीकी किशोरीमाथि सामूहिक बलात्कार आरोपमा थप एक जना कञ्चनपुरमा पक्राउ परेका छन् | पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का धर्मेन्द्र चन्द रहेका छन् |

सोही गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका चन्दलाई पक्राउ गरी बैतडी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जान्कारियो दिए |

किशोरीमाथि पुस १५ गते बलात्कार भएको भन्दै प्रहरीमा उजुरी  परेपछि यसअघि बैतडी प्रहरीले गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय प्रविन चन्दलाई पक्राउ गरेको थियो | घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए |