पर्यटन |


पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

Posted on November 18, 2022 | views : 942 |

मंसिर २, ढोरपाटन | उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ ।

Read More

जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

Posted on November 17, 2022 | views : 1155 |

मङ्सिर १, काठमाडौँ | मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ ।   उहाँ निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दूताव

Read More

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

Posted on November 16, 2022 | views : 1191 |

कात्तिक ३०, गलेश्वर | म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएक

Read More

रानीमहल नियाल्दै र्‍याफ्टिङ सरर’

Posted on October 22, 2022 | views : 797 |

कात्तिक ५, तानसेन | बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आउनुभएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्‍याफ्टिङको आनन्द लिए ।  ‘पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो”, पौडेल भन्छन्, ‘प्रकृतिसँग

Read More

जाने हैन त स्याबल पोखरी (फाेटाे फिचरसहित)

Posted on August 15, 2022 | views : 1347 |

साउन ३०, सिन्धुपाल्चोक | प्रकृतिका सुन्दर वस्तु हेर्न कसलाई मन नलाग्ला र ? यस्ता वस्तुले मनलाई प्रफुल्ल बनाउने मात्रै होइन जीवनमा नयाँ रंग पनि भरिदिन्छ । दुःख पीडा भुलाउने त छदैछ मन शान्त र सुमधुर बनाउँछ ।  यस्तै, सुन्दर प्राकृतिक पर्यटकीय गन्तव्यमध्ये एक हो सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–३ स

Read More

मनसुनमा रमाइरहेको काठमाडौं (फोटो फिचर)

Posted on August 06, 2022 | views : 999 |

साउन २१, काठमाडौं | प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहिले काहिँ प्रकृति नै निर्णायक बन्छ । मनलाई खुसी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ । 

Read More

नेपाल भित्रने पर्यटकको संख्यामा वृद्धि, पाँच महिनामा दुई लाख पर्यटक भित्रिए

Posted on June 12, 2022 | views : 1001 |

जेठ २९, काठमाडौं | पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिव दुई लाख पर्यटक भित्रिएका छन् ।  गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन् ।  पाँच

Read More

लुम्बिनीमा पर्यटक बढ्दै, मोदी आएपछि २ सातामै १२ हजार ७ सय ७० भारतिय पर्यटक आए

Posted on June 07, 2022 | views : 1198 |

जेठ २४, भैरहवा | कोभिडले शून्य अवस्थामा पु-याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तब्

Read More

निर्वाचन समयमा पनि पर्यटकले मनाङ घुम्न पाउने

Posted on May 11, 2022 | views : 2051 |

वैशाख २८, लमजुङ | हिमाली जिल्ला मनाङमा निर्वाचनको दिनमा पनि पर्यटकले घुम्न पाउने भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार शुक्रबार हुने स्थानीय तह चुनावका लागि मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका हुन् । प्रजिअ आचार्यले भने नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई समस्या

Read More

पर्यटकको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्ज

Posted on May 08, 2022 | views : 1196 |

वैशाख २५, बारा | विश्वव्यापी महामारी कोरोनाले थलिएको संसारका थुप्रै देशसँगै नेपालका अधिकांश क्षेत्र प्रभावित हुन पुग्यो । प्रभावित भएको क्षेत्रमध्ये एक हो, पर्यटन क्षेत्र । अहिले कोरोना केही मत्थर भएको बेलामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल देख्न सकिन्छ । तर, पर्यटकको प्रचुर सम्भावना बेकेको प्र

Read More

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको १५ नेपालीसहित कम्तीमा २६ जनाले गरे आरोहण

Posted on May 06, 2022 | views : 1257 |

वैशाख २३, काठमाडौँ | विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको १५ नेपालीसहित कम्तीमा २६ जनाले आरोहण गरेका छन् । बिहीबार उनीहरूले कञ्चनजङ्घाको आरोहण गरेका हुन् ।  पायोनियर एडभेन्चर प्रालिका महाप्रबन्धक निभेष कार्कीका अनुसार, बाटो बनाउँदै संखुवासभाका मिङ्मा दोर्जी शेर्पा र सानु शेर्पा दिउँसो ४ बजेर

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’

Posted on April 28, 2022 | views : 1669 |

वैशाख १५, बुटवल | भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ ।  यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकर

Read More

रुस र युक्रेनसहित ७० देशका ७३८ जनाले लिए नेपालका हिमाल आरोहणको अनुमति

Posted on April 17, 2022 | views : 1044 |

वैशाख ४, काठमाडौं | यसवर्ष नेपालका विभिन्न हिमाल आरोहण गर्न रुस र युक्रेनसहित विश्वका ७० देशका ७३८ जना आरोहीले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई आरोहणको अनुमति दिएको हो ।  विभागका अनुसार हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।  यसवर्ष सबैभन्दा बढी

Read More

नेपालको पर्यटन विकासमा भारतीय कम्पनी शाइनीकाे चासाे :- बाह्य पर्यटक आउन उत्सुक छन्, सगरमाथा, लुम्बिन

Posted on April 11, 2022 | views : 1256 |

चैत्र २८, भैरहवा | नेपालमा पर्यटकीय धेरै सम्भावना छ, सानो क्षेत्रफल भए पनि भरिपूर्ण अमूल्य प्राकृतिक सम्पदाले पर्यटनको विकासमा फड्को मार्न सकिन्छ । १२ वर्षदेखि होटल व्यवस्थापन क्षेत्रमा लागेका दिपक ठाकुरको चिन्ता पनि कसरी नेपालमा पर्यटन विकास गर्नेमा छ । पर्यटन व्यवसायमा समय व्यतित गरिरहेका उनको जन्

Read More

हेलिकप्टर प्रयोग गरी पर्यटकको उद्वार

Posted on April 11, 2022 | views : 1294 |

चैत्र २८, रसुवा | हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ । राहदानी नं ३३१६२३२२   इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको  हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पु¥याइएको  हो । हिमाली पदयात्राका क्रममा आइ

Read More

अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो

Posted on April 11, 2022 | views : 1474 |

 चैत्र २८, लमजुङ | कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएकाे लमजुङकाे  पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएकाे छ । झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन् ।दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने वाह्य पर्यटक

Read More

होटल पौवाले लुम्बिनी प्रदेशको तीन ठाउँमा ‘न्यू इयर इभ’ गर्दै

Posted on April 09, 2022 | views : 1521 |

चैत्र २६, बुटवल | होटल पौवाले नेपाली नयाँ वर्षलाई इभ (३० चैत)मा तीनवटा शाखामा एकैसाथ सांगीतिक कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ ।  पौवा ग्रुपका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार पौवाका संचालनमा रहेका १२ शाखामध्ये तीन वटा शाखामा ‘न्यु इयर इभ’ कार्यक्रम सन्चालन हुनेछ । लुम्बिनी प्रदेशको

Read More

यसवर्ष नेपालमा विभिन्न हिमाल आरोहण गर्न ५०५ जना लिए अनुमति, करिव ३० करोड राजस्व संकलन

Posted on April 08, 2022 | views : 955 |

चैत्र २५, काठमाडौं | यसवर्ष नेपालका १८ वटा हिमाल आरोहण गर्नको लागि ५०५ जनाले अनुमति लिएका छन् ।  पर्यटन विभागका अनुसार यसवर्ष हालसम्म ६१ वटा समूहलाई हिमाल आरोहणको अनुमति दिइएको छ । ती समूहमा ३८९ पुरुष र ११६ जना महिला गरी कूल ५०५ जना रहेका छन् ।  यसवर्ष सबैभन्दा बढीले विश्वकै सबैभन्दा अग्लो

Read More

त्रिशूली नदीमाथि जीपलाइन

Posted on April 08, 2022 | views : 2212 |

चैत २५, मुग्लिन । पर्यटन प्रवद्र्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्याव

Read More

चौतारा दारेगौंडामा बन्यो ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क

Posted on April 07, 2022 | views : 1392 |

चैत्र २४, सिन्धुपाल्चोक | चौतारा साँगाचोकगढी  नगरपालिका-६ स्थित दारेगौंडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमासहितको  बुद्धपार्क बनेको छ । पर्यटन प्रवर्द्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजनाअनुरुप नगरपालिकाको नगर गौरवको योजनाअनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्

Read More

बिस्का जात्रासम्बन्धीको एकल फोटो प्रदर्शनी सुरु

Posted on April 05, 2022 | views : 938 |

चैत्र २२, काठमाडौं | भक्तपुरको मध्यपुर थिमीका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुर थिमीमा हुने बिस्का जात्रासम्बन्धीको एकल फोटो प्रदर्शनी मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रदर्शनीमा एक सयभन्दा बढी फोटो राखिएका छन् । प्रदर्शनीमा जात्राको सुरुदेखि अन्त्यसम्मका फोटो राखिएका छन् । त्यहाँ विष्णु

Read More

पोखरामा नयाँ वर्ष महोत्सव आयोजना हुने

Posted on April 05, 2022 | views : 1255 |

चैत्र २२, पोखरा | पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव हुन लागेको हो । कोभिड १९ ले थला परेको पर्यटन उकास्न र पर्यटकीय चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो । पश्चिमाञ्चल होटेल संघले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव २ वर्ष कोर

Read More

१८ दिनमा हलेसी मन्दिरबाट पाँच लाख भेटी संकलन

Posted on April 03, 2022 | views : 1483 |

चैत्र २०, खोटाङ | १८ दिनमा खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट पाँच लाख भेटी संकलन भएको छ । गत १ चैतदेखि १८ चैतसम्ममा हलेसी महादेव मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीबाट ५ लाख ४ हजार ९०० भेटी रकम संकलन भएको हो ।  हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने मन्दिरको शिव पार्वती थानबाट ४ लाख ३६

Read More

रुस-युक्रेन युद्धको असर नेपालको पर्वतारोहणमा कसरी देखिनसक्छ?

Posted on March 31, 2022 | views : 820 |

चैत १७, काठमाडौँ । कोभिड महामारीपछि तङ्ग्रने प्रयास गरिरहेको नेपालको पर्वतारोहण क्षेत्र रुस-युक्रेन युद्धको छायामा पर्न सक्ने भय अधिकारीहरूले व्यक्त गरेका छन्।उनीहरूका अनुसार यसपालि अघिल्लो वर्षहरूको तुलनामा कम पर्वतारोहीहरूले आरोहणका लागि अनुमति लिएका छन्। अनुमति दिने क्रम वर्षभरि नै चलिरहने भन्दै

Read More