२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा नयाँ वर्ष महोत्सव आयोजना हुने

२०७८, २२ चैत्र मंगलवार १४:३०

चैत्र २२, पोखरा | पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव हुन लागेको हो । कोभिड १९ ले थला परेको पर्यटन उकास्न र पर्यटकीय चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो । पश्चिमाञ्चल होटेल संघले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव २ वर्ष कोरोना कहरका कारण स्थगित भएको थियो ।

१७ औं संस्करणको महोत्सव चैत ३० देखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा हुने आयोजकले जनाएको छ । महोत्सवलाई सम्पन्न गर्न २१ वटा उपसमितिहरू गठन भएका छन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर उत्सव मनाउन लागिएको बताए ।

पोखराका होटेलमा अहिले २० प्रतिशत हाराहारी पर्यटक छन् । आन्तरिक र भारतीय पर्यटकको आगमन बिस्तारै बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । महोत्सवका अवसरमा आफ्ना सदस्य होटेलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गरिएको छ । रेष्टुरेण्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महंगीका बाबजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता गरिएको सुवेदीले जानकारी दिए ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रस्तुति र विक्री, सांस्कृतिक झाँकीका कार्यक्रम, लाइभ कन्सर्ट, मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना