२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा नयाँ वर्ष महोत्सव आयोजना हुने

२२ चैत्र २०७८, मंगलवार १४:३०

चैत्र २२, पोखरा | पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव हुन लागेको हो । कोभिड १९ ले थला परेको पर्यटन उकास्न र पर्यटकीय चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो । पश्चिमाञ्चल होटेल संघले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव २ वर्ष कोरोना कहरका कारण स्थगित भएको थियो ।

१७ औं संस्करणको महोत्सव चैत ३० देखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा हुने आयोजकले जनाएको छ । महोत्सवलाई सम्पन्न गर्न २१ वटा उपसमितिहरू गठन भएका छन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर उत्सव मनाउन लागिएको बताए ।

पोखराका होटेलमा अहिले २० प्रतिशत हाराहारी पर्यटक छन् । आन्तरिक र भारतीय पर्यटकको आगमन बिस्तारै बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । महोत्सवका अवसरमा आफ्ना सदस्य होटेलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गरिएको छ । रेष्टुरेण्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महंगीका बाबजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता गरिएको सुवेदीले जानकारी दिए ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रस्तुति र विक्री, सांस्कृतिक झाँकीका कार्यक्रम, लाइभ कन्सर्ट, मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य