१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

१८ दिनमा हलेसी मन्दिरबाट पाँच लाख भेटी संकलन

२० चैत्र २०७८, आईतवार १४:२३

चैत्र २०, खोटाङ | १८ दिनमा खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट पाँच लाख भेटी संकलन भएको छ । गत १ चैतदेखि १८ चैतसम्ममा हलेसी महादेव मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीबाट ५ लाख ४ हजार ९०० भेटी रकम संकलन भएको हो । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने मन्दिरको शिव पार्वती थानबाट ४ लाख ३६ हजार र मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ६८ हजार ९०० आम्दानी भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए । 

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरबाट भएका आम्दानीमध्ये पानी, भेटी गणना, अतिथि सत्कार, खाजा लगायतमा ६२ हजार ५१० खर्च गरेर बाँकी रहेको ४ लाख ४२ हजार ३९० रकम माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । हलेसीमा आउने दर्शनार्थीले चढाएका भेटी रकमलाई गणना गरेर आम्दानीका रूपमा सार्वजनिक गर्नेगरिएको छ । 

यस अवधिमा सिन्धुपाल्चोक धुमथा–१ का धनबहादुर गुरुङले १ तोलाको सुनको दियो र ३ तोला ८७ लालको चाँदीको प्लेट चढाएको सूचना केन्द्रले जनाएको छ । यस्तै, बुढानीलकण्ठ नगरपालिका–१० कपनका कान्छा तामाङले २५.१० तोलाको विस्फोट आकारको १ थान चाँदी चढाएका छन् । 

यस्तै, अन्य दर्शनार्थीले भारु ३ हजार ४००, अमेरिकन डलर १, चाँदी १४.६५ तोला र सुन ०.००५९ तोला चढाइएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ